

कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रोे त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :
-
चालू आवको पुस मसान्तसम्ममा कम्पनीले रू. ४९ करोड ४५ लाख बीमा शुल्क आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १६ प्रतिशत बढी हो । कम्पनीले महाविपत्ति जगेडा कोषमा रू. ६ करोड ७० लाख छुट्याएको छ ।
-
पुनर्बीमा कमिशनबाट रू. ६ करोड ३ लाख आम्दानी गरेको छ । जारी बीमालेखको संख्या ३६ हजार ४ सय ९६ र नवीकरण गरिएको बीमालेखको संख्या १८ हजार ९ सय ३६ छ । कम्पनीले १ हजार ३१ जनालाई रू. १९ करोड ४४ लाख कुल दाबी भुक्तानी गरेको छ भने ७ सय ८० जनालाई रू. १२ करोड २ लाख दाबी भुक्तानी गर्न बाँकी छ ।
-
कम्पनीले रू. ८ करोड आम्दानी गर्दा रू. ३ करोड ५६ लाख खर्च भएको छ । दीर्घकालीन लगानी तथा कर्जा रू. ३६ करोड ४४ लाख छ । कुल सम्पत्ति ५१ प्रतिशत बढेर रू. १ अर्ब ७३ करोड छ ।
-
कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. ४, मूल्य आम्दानी अनुपात रू. १ सय १, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. २ सय ४१, तरलता अनुपात २ दशमलव ८६ र प्रतिशेयर नेटवर्थ रू. १ सय ६६ छ । बिहीवार कम्पनीको शेयरमूल्य रू. ४ सय २४ कायम भएको छ ।
-
डिभिडेन्ड यिल्ड रेशियो : २.१६ प्रतिशत
-
अर्निङ यिल्ड रेशियो : ०.९४ प्रतिशत
-
अर्निङ पावर रेशियो : ०.०२५ गुणा
-
खरीद चाप : कम्पनीको बिहीवारको शेयर कारोबारको अन्तिम समयमा विक्रीचापको तुलनामा खरीद चाप बढी छ । सो अवधिमा १३ हजार १ सय कित्ता शेयर खरीद गर्ने र २ हजार १ सय ५० कित्ता शेयर विक्री गर्ने माग थियो ।

कम्पनीको चुक्तापूँजी रू. १ अर्ब पुगेको छ भने रिजर्भ कोषमा रू. १९ करोड ६३ लाख छुट्याएको छ । रिजर्भ कोषको रकम गत आवको सोही अवधिको तुलनामा २ सय ८७ प्रतिशत बढी हो । बीमा कोषमा रू. ४६ करोड ५१ लाख जम्मा भएको छ । कम्पनीले ३६ ओटा शाखा कार्यालयबाट बीमा सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस