अर्थ संसार,काठमाडौं– माउन्टेन हाइड्रोको आइपीओ आइतबार बाँडफाँंट हुँदैछ । सिद्धार्थ क्यपिटलका सूचना अधिकृत सन्दिप कार्कीका अनुसार बाँडफाँट आइतबार बिहान १० बजे सिद्धाथको केन्द्रीय कार्यालय नक्सालमा हुनेछ ।
माउन्टेनले फागुन २३ देखि २८ गतेसम्म १०० रुपैयाँ दरको १८ लाख १६ हजार ११० कित्ता आइपीओ बिक्री गरेको हो । यसमा ३४ लाख २३ हजार ४१० कित्ताको लागि आवेदन परेको छ । ५० हजार ६७२ जनाले सेयर भरेका छन् । सबै आवेदकले सेयर पाउनेछन् ।
आइपीओ बिक्री गरेपछि माउन्टेनको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । माउन्टेनले पाँचथर जिल्लामा २१.६ मेगावाटको तल्लो हेवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
यसको कुल लागत ४ अर्ब २८ करोड १७ लाख ६ हजार ८३१ रुपैयाँ छ । यसैगरी, प्रतिमेगावट लागत १९ करोड ८२ लाख २७ हजार १६८ रुपैयाँ छ । यसमा लगानी फिर्ता हुन ८.२७ वर्ष लाग्नेछ । डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि भने १०.७२ वर्ष छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस