Like us!
Follow us!
Connect us!
Watch us!

माउन्टेन हाइड्रोको आइपीओ बाँडफाँट : सवैको हातमा शेयर, तर कति कित्ता ?

आइतबार, ०३ चैत्र २०७५, ११ : १२ मा प्रकाशित

माउन्टेन हाइड्रोको आइपीओ बाँडफाँट : सवैको हातमा शेयर, तर कति कित्ता ?

अर्थ संसार, काठमाडौं – माउन्टेन हाइड्रोको  साधारण शेयर (आइपिओ) आइतबार विहान  बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यपिटलको अनुसार ३० कित्ता सबै आवेदकले सेयर पाएका छन् । अधिकतम पाउनेले ४० कित्तासम्म हात पारेका छन् ।

कुल २३ हजार ९ सय ६५ जनाले थप १० कित्ताका दरले सेयर पाएका हुन् । उनीहरुको भागमा कुल ४० कित्ता सेयर परेको छ । १६ जना आवेदकको १५ सय ४० कित्ता सेयर भने रद्द भएको छ ।

 माउन्टेनले फागुन २३ देखि २८ गतेसम्म १०० रुपैयाँ दरको १८ लाख १६ हजार ११० कित्ता आइपीओ बिक्री गरेको हो । यसमा ३३ लाख ९६ हजार ३५० कित्ताको लागि आवेदन परेको छ । ५० हजार ९५४ जनाले सेयर भरेका छन् ।
 
आइपीओ बिक्री गरेपछि माउन्टेनको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । माउन्टेनले पाँचथर जिल्लामा २१.६ मेगावाटको तल्लो हेवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
 
यसको कुल लागत ४ अर्ब २८ करोड १७ लाख ६ हजार ८३१ रुपैयाँ छ । यसैगरी, प्रतिमेगावट लागत १९ करोड ८२ लाख २७ हजार १६८ रुपैयाँ छ ।

5c8ddf61afce6.jpg 5c8ddf79b4279.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको