Like us!
Follow us!
Connect us!
Watch us!

अवरुद्ध सञ्चार सेवा सञ्चालनमा

dibesh

सोमबार, ०६ असोज २०७६, १३ : ३४ मा प्रकाशित

अवरुद्ध सञ्चार सेवा सञ्चालनमा

अर्थ संसार, काठमाडौ – जिल्ला सदरमुकामसहित आसपासका क्षेत्रमा एक हप्तादेखि अवरुद्ध भएको सञ्चार सेवा पुनः सञ्चालनमा आएको छ । जेनेरेटरले काम गर्न छाडेपछि जिल्लाको नेपाल टेलिकम शाखाका सबै सेवा एक हप्तादेखि बन्द भएका थिए । 

हिल्दुम लघुजलविद्युत् आयोजना मर्मतका लागि बन्द हुँदा काम चलाउ रुपमा प्रयोग गरिएको जेनेरेटर पनि बिग्रिएपछि टेलिकमले आइतबारदेखि एनसेलको टावरबाट विद्युत् सप्लाइ गरेर सिमकोट आसपासका क्षेत्रलाई सञ्चारमा जोडेको निमित्त प्रमुख रामबहादुर बोहराले जानकारी दिनुभयो । 

गत भदौ २० गतेदेखि विद्युत्का कारण बन्द भएको टेलिकमको जिल्ला शाखाले जेनेरेटरबाट आफ्नो सेवा दिएता पनि जेनेटर बिग्रँदा एनसेलको जेनेरेटरबाट तार जडान गरी आइतबारदेखि नमस्ते टेलिफोन, इन्टरनेट, एडिएल लगायतका सम्पूर्ण सेवा सञ्चालनमा आएका छन् । जेनेरेटर सञ्चालनमा आएपछि टेलिकमका इन्टरनेट, ल्यान्डलाइन, जिएसएम, थ्रिजी, सिडिएमए लगायतका सबै सेवा सञ्चालन भएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको