Like us!
Follow us!
Connect us!
Watch us!

आजबाट  कलङ्की र बल्खुमा नागरिक सहायता कक्ष संचालन : टिकट सम्बन्धी कुनै पनि समस्या आईपरे सम्झिनुहोस्

dibesh

मंगलबार, ०७ असोज २०७६, १६ : १२ मा प्रकाशित

आजबाट  कलङ्की र बल्खुमा नागरिक सहायता कक्ष संचालन : टिकट सम्बन्धी कुनै पनि समस्या आईपरे सम्झिनुहोस्

अर्थ संसार, काठमाडौ – सरकारले यात्रुको टिकट सम्बन्धी कुनै पनि समस्या पर्दा समाधानका लागि विभिन्न स्थानमा ‘नागरिक सहायता कक्ष’ शुरु भएको छ । 

काठमाडौँ उपत्यकामा टिकट काउन्टर रहेका स्थानमा कक्ष शुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ । आइतबार अग्रिम टिकट शुरु भएपछि सोही दिनबाट नयाँ बसपार्कमा सहायता कक्ष शुरु गरिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । आजबाट  कलङ्की र बल्खुमा कक्ष शुरु भएको छ ।

 बुधबारबाट थप १४ स्थानमा कक्ष शुरु गर्ने योजना रहेको विभागले जनाएको छ । यात्रुका गुनासो सुन्ने र सोही स्थानबाट सहयोग गर्ने उद्देश्यले कक्ष शुरु भए पनि अहिलेसम्म खासै समस्या नआएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“धेरै ठाउँमा कक्ष खोलिएपछि गुनासो आउन सक्छ ।”
यात्रुले टिकट काउन्टर पुगेको दुई घण्टाभित्रमा टिकट काटिसक्ने गरी व्यवस्था मिलाइएको महानिर्देशक हमालले बताउनुभयो । नयाँ बसपार्कमा पहिलो दिन धेरै भीडभाड भए पनि अहिले भीड कम भइसकेको छ । विभागले दशैँ लक्षित गरेर अनुगमनलाई तीव्र बनाएको बताइएको छ । ––– रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको