Like us!
Follow us!
Connect us!
Watch us!

म्हपूजा कात्तिक १२ मा गर्ने मंका खलको निर्णय

dibesh

मंगलबार, ०७ असोज २०७६, १६ : २५ मा प्रकाशित

म्हपूजा कात्तिक १२ मा गर्ने मंका खलको निर्णय

अर्थ संसार, काठमाडौ – नेपाल भाषा मंका खलले नेपाल संवत् अनुसारको नयाँ वर्षको प्रथम दिन कछलाथ्व प्रतिपदाका दिन नै म्हपूजा मनाउने निर्णय गरेको छ । खलका सचिव नरेशवीर शाक्यले जारी गरेको विज्ञप्तिमा आगामी कात्तिक १२ गते कछलाथ्व प्रतिपदाका दिन नेपाल संवत् ११४० तथा म्हपूजा मनाउने निर्णय गरेको जनाएको छ ।

    त्यस्तै कात्तिक ११ गते कौलागा औँशीका दिन लक्ष्मी पूजा तथा कछलाथ्व द्वितीयाका दिन कात्तिक १३ गते बुधबार भाइटीका गर्ने निर्णय पनि गरेको छ । सो अनुसार चाडपर्व मनाउन नेवार समुदायलाई आग्रह गरेको छ । शताब्दी पुरुष सत्यमोहन जोशीले पञ्चाङ्ग निर्णायक समितिलाई तिथिको गणितमात्र नभई परम्परादेखि चल्दै आएको व्यवहारलाई पनि ध्यान दिन आग्रह गर्नुभयो । प्राध्यापक डा त्रिरत्न मानन्धरले तिथिमा आधारित परम्परा व्यवहारमा लागू गर्ने उपाय स्पष्ट रहेको बताउनुभयो ।

    धर्मोदय सभाका अध्यक्ष यज्ञमानपति बज्राचार्यले नेवार समुदायमा लक्ष्मीपूजा, म्हपूजा तथा किजापूजा तीन दिन मनाउने चलन परम्परागत संस्कृति रहेको बताउँदै सोअनुसार स्वन्तिपर्व मनाउनुपर्ने बताउनुभयो । नेपाल संवत् सदा कछलाथ्व प्रतिपदाका दिन परिवर्तन हुने र यसै दिन नेवारले म्हपूजा गर्ने चलन सयौँ वर्षदेखि व्यवहारमा रहँदै आएको छ । खलले नेपाल सरकारले पनि सोहीअनुसार बिदा दिन माग गरेको छ । ––– रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको