एजेन्सी- फोटो सेयरिंग एप इन्स्टाग्रामले आफ्ना प्रयोगकर्तालाई बेलाबेलामा नयाँ सुबिधा दिदै आएको छ ।इन्स्टाग्रामले स्टोरीमा धेरै फोटो सेयर गर्न रुचाउनेको लागि नयाँ सुविधा ल्याएको छ ।
अब इन्स्टाग्राम स्टोरीमा दुई देखि छ वटा सम्म फोटो राख्न सकिने कुरा कम्पनीले जनाआएको छ । यसको लागि स्टोरी राख्ने ठाउँमा गएर लेआउट अप्सन छान्नपर्ने हुन्छ ।
कम्पनिका सिईओ एडम मोसेरीले ट्विटरमा ‘इन्स्टाग्राम स्टोरीको लागि नयाँ लेआउट फिचर ल्याएको र यसबाट धेरै फोटालाई ग्रिडको ढाँचामा स्टोरीमा राख्न सकिन्छ’, भन्दै ट्विट गरेका छन् ।
कम्पनीको अनुसार अप्सन छानिसकेपछि कति वटा फोटो ग्रिडमा राख्ने त्यसको लेआउट छानेर यस फिचरको प्रयोग गर्न सकिन्छ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस