Like us!
Follow us!
Connect us!
Watch us!

जहाँ–जहाँ एलिट वर्ग बस्छन्, त्यहाँ–त्यहाँ अर्थमन्त्रीले बजेट हाले –ऐन महर

अर्थ संसार

मंगलबार, ०२ असार २०८३, १५ : ५० मा प्रकाशित

जहाँ–जहाँ एलिट वर्ग बस्छन्, त्यहाँ–त्यहाँ अर्थमन्त्रीले बजेट हाले –ऐन महर

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा रहेको सरकारलाई ‘एलिट वर्गको’ भएको आरोप लगाएका छन्। उनले दुर्गम तथा पिछडिएका क्षेत्र,जहाँ भौतिक पूर्वाधार विकासको आवश्यकता अत्यधिक छ । त्यस्ता स्थानलाई बजेटबाट उपेक्षा गरिएको दाबी गरे। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विकासको आवश्यकता भएका दुर्गम क्षेत्रभन्दा मुख्य शहरी क्षेत्रमा बढी बजेट विनियोजन गरेको उनको आरोप छ।

महरले भौतिक पूर्वाधारका लागि छुट्याइने बजेट विकासबाट पछि परेका र आधारभूत पूर्वाधारको अभाव रहेका दुर्गम क्षेत्रमा केन्द्रित हुनुपर्ने बताए।

उनले भने, ‘भौतिक पूर्वाधारअन्तर्गत ४३० अर्ब बढी बजेट छुट्याइएको छ । भौतिक पूर्वाधार, खानेपानी, ऊर्जाजस्ता विकाससँग जोडिएका मन्त्रालयहरूलाई ठूलो बजेट छुट्याइएको छ । यो स्वागतयोग्य छ । तर, कहाँ–कहाँ बजेट छुट्याइको छ भन्दा, त्यही तनहुँ, पोखरा, काठमाडौं निश्चित शहरहरूमा जहाँ एलिटहरू बस्ने ठाउँहरू छुट्याइएको छ ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको