Like us!
Follow us!
Connect us!
Watch us!

सानिगाढ हाइड्रोको आईपीओ बाँडफाँट, यी तरिकाबाट हेर्नुहोस् नतिजा

अर्थ संसार

सोमबार, ०१ असार २०८३, ११ : १० मा प्रकाशित

सानिगाढ हाइड्रोको आईपीओ बाँडफाँट, यी तरिकाबाट हेर्नुहोस् नतिजा

सानिगाढ हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा यस दिन कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीले गत जेठ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ लाख ७४ हजार कित्ता सेयर निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २७ लाख ५९ हजार ४९० जनाले ३ करोड १ लाख ३२ हजार ५०० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये २७ लाख २७ हजार ५१५ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन् ।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । जसअनुसार ४ लाख ६७ हजार ४०० जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। 

यी तिन तरिकाबाट हेर्नुहोस् नतिजा

सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/

बिक्री प्रबन्धकको वेबसाइट: https://lscapital.com.np/

मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको