Like us!
Follow us!
Connect us!
Watch us!

२२ प्रतिशतले बढ्यो वाणिज्य बैंकहरुको खराब कर्जा, कसको कति ?

अर्थ संसार

सोमबार, ०१ असार २०८३, १५ : ५१ मा प्रकाशित

२२ प्रतिशतले बढ्यो वाणिज्य बैंकहरुको खराब कर्जा, कसको कति ?

पछिल्लो समय वाणिज्य बैंकहरुको खराब कर्जा २२ प्रतिशत भन्दा बढीले बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार वाणिज्य बैंकहरुको खराब कर्जा २२.४० प्रतिशतले बढेर २ खर्ब २० अर्ब ३३ करोड पुगेको हो । 

नेपाल राष्ट्र बैंकको बैंकिङ क्षेत्रको वार्षिक सुपरीवेक्षण प्रतिवेदन २०२५ ले वाणिज्य बैंकहरुको खराब कर्जा बढेको देखिएको हो । राष्ट्र बैंकले आर्थिक वर्ष २०८१÷०८२ सम्मको निरीक्षणका आधारमा तयार गरिएको प्रतिवेदनअनुसार गत वर्षमा ३.७६ प्रशितमा रहेको खराब कर्जाको अनुपात पछिल्लो अवधिमा बढेर ४.४० प्रतिशत पुगेको हो । प्रतिवेदनअनुसार सरकारी स्वामित्वको नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमा ४.५६ प्रतिशत कर्जा खराब रहेको छ । यी निजी क्षेत्रद्वारा सञ्चालित नबिल बैंक, प्राइम कमर्सियल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंकसहितका कुल १७ वटा बैंकहरूमा भने ४.३८ प्रतिशत कर्जा खराब देखिएको छ ।

प्रतिवेदनअनुसार बैंकिङ क्षेत्रमा रहेको गैरबैंकिङ सम्पत्ति अर्थात् एनबीए पनि अघिल्लो वर्षको तुलनामा ४१.७७ प्रतिशतले बढेर ४२ अर्ब ७५ करोड रुपैयाँँ पुगेको छ । कुल गैरबैंकिङ सम्पत्तिमा निजी क्षेत्रद्वारा सञ्चालित १७ वटा बैंकहरूमा मात्र कुल ४० अर्ब ८५ करोड रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । प्रतिवेदनअनुसार पछिल्लो अवधिमा वाणिज्य बैंकहरूको खुद मुनाफा भने ५.९० प्रतिशतले बढेको छ । सोअनुसार वाणिज्य बैंकहरूले सन् २०२५ मा कुल ५२ अर्ब ८२ करोड रुपैयाँँ बराबरको खुद मुनाफा आर्जन गरेका छन् । 

बैंकहरूको कुल खुद मुनाफामध्ये ३ वटा सरकारी बैंकहरूको खुद मुनाफा ७६.०८ प्रतिशतले बढे पनि निजी क्षेत्रद्वारा सञ्चालित बैंकहरूको खुद मुनाफा २.७५ प्रतिशतले घटेको छ । प्रतिवेदनअनुसार बैंकिङ क्षेत्रमा संस्थागत सुशासनको पालनामा पनि केही त्रुटिहरू देखिएका छन् । प्रतिवेदनअनुसार बैंकहरूले त्रैमासको अन्त्यमा पुराना ऋणीको पाकेको साँवा–ब्याज तिर्न र खाता सञ्चालनमा देखाउन सोही ऋणीलाई नयाँ कर्जा प्रवाह गर्ने र कर्जाको वास्तविक अवस्था लुकाउने गरेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको