सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानमाथि सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । सिंगा ओभल ग्राउन्डमा आइतबार विहान भएको खेलमा नेपालले ओमानमाथि ८ विकेटको जित हासिल गरेको हो । ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेटको क्षतिमा पूरुा गर्यो ।
नेपालका लागि लोकेश बमले सर्वाधिक ४४ रन बनाएर अविजित रहे । रोहित पौडेल २१ रनमा अविजित रहे । त्यसअघि कुशल भुर्तेलले २० अनि आसिफ शेखले १ रन बनाए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा अलआउट हुँदै ९४ रन बनाएको थियो । ओमानका लागि कप्तान सुफिया मेहमुदले सर्वाधिक ३८ रन बनाए । जुबेर अली अकबरले २२ रन बनाए ।
नेपालका लागि करण केसीले ३ विकेट लिए । सोमपाल कामी, सन्दीप लामिछानेले २–२ विकेट लिए । शाहब आलम, दीपेन्द्रसिंह ऐरी, कुशल मल्लले १–१ विकेट लिए । नेपालले फाइनलमा हङकङ र मलेसियाबीचको विजेतासँग खेल्नेछ । हङकङ र मलेसियाबीच दिउँसो सवा १२ बजेदेखि खेल हुनेछ । नेपालसहित सेमिफाइनल पुगेका चारवटै टोली एसियन गेम्सका लागि छनोट भइसकेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस