Like us!
Follow us!
Connect us!
Watch us!

आज बाँडफाँड हुँदै सानिगाड हाइड्रोको आईपीओ

अर्थ संसार

सोमबार, ०१ असार २०८३, ०८ : ३१ मा प्रकाशित

आज बाँडफाँड हुँदै सानिगाड हाइड्रोको आईपीओ

सानिगाड हाइड्रोको आईपीओ आज बाँडफाँड हुने भएको गर्ने भएको छ । कम्पनीको विक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले सोमवार बिहान १० बजे आफ्नै कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा आईपीओ बाँडफाँट गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणका लागि जेठ १८ गतेदेखि २१ गतेसम्म ४६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट कम्पनीको आईपीओ बाँडफाँट गरिनेछ । कम्पनीले आफ्नो जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको आधारमा ३० प्रतिशत आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको हो । सर्वसाधारणमा जारी हुने कुल कित्ता आईपीओमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा २८ लाख ५० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा ५ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा चैत ८ गतेदेखि ११ गतेसम्म र स्थानीयमा चैत ८ गतेदेखि २५ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा चैत २२ गते र स्थानीयमा वैशाख २४ गते आईपीओ बाँडफाँट गरेको हो । यीबाहेक पनि कम्पनीले १ लाख ७१ हजार कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि र २ लाख ८५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई पनि बाँडफाँट गरि बाँकी आईपीओ भने सर्वसाधारणमा बाँडफाँट हुन लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको