Like us!
Follow us!
Connect us!
Watch us!

२१ वटा विकास बैंक मध्ये कुन बैंकको नाफा कति ?

निशा हुमाँगाई

सोमबार, १२ फागुन २०७६, १४ : ०२ मा प्रकाशित

२१ वटा विकास बैंक मध्ये कुन बैंकको नाफा कति ?

अर्थ संसार काठमाडाैं - २१ वटा विकास बैंकहरुले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । साे विवरण अनुसार दोस्रो त्रैमाससम्म उक्त बैंकहरूले ३ अर्ब ५० कराेड ६६ लाख ९० हजार रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् । 

उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा १५ दशमलव ३३ प्रतिशत धेरै हाे । गत वर्षकाे यसै अवधि सम्ममा उक्त बैंकहरूले ३ अर्ब ४ करोड ६ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

सबैभन्दा धेरै नाफा कमाउनेमा :

यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा २१ वटा विकास बैंकहरुमध्ये मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै नाफा कमाएकाे छ । बैंकले ४७ कराेड २५ लाख १२ हजार रूपैँया खुद नाफा आर्जन गर्न सफल भएकाे छ ।

उक्त नाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा ९ दशमलव ९४ प्रतिशत प्रतिशत धेरै हाे । गत वर्ष बैंकले ४२ करोड ९८ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे । त्यस्तै,  २१ वटा विकास बैंकहरुमध्ये सबैधन्दा धेरै चुक्ता पूँजी पनि यसै बैंककाे रहेकाे छ ।

प्रतिशतका आधारमा नाफा बढ्नेमा :

त्यसैगरी, तिनाउ मिसन विकास बैंककाे नाफा सबैभन्दा धेरै प्रतिशतले बढेकाे छ । बैंककाे नाफा १५६ दशमलव ९१ प्रतिशतले बढेर १० कराेड ४६ लाख ८६ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षकाे यसै अवधिमा बैंकले ४ कराेड ७ लाख ४८ हजार रूपैयाँ खुद नाफा कमाएकाे थियाे । 

नाफा घटकाे आधारमा :

यस्तै, २१ वटा विकास बैंकहरुमध्ये ५ वटा विकास बैंककाे नाफा गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा घटेकाे छ । कर्पाेरेट डेभलपमेन्ट बैंककाे नाफा ६० दशमलव ८१ प्रतिशत, सिन्धु विकास बैंककाे नाफा ६० दशमलव ८४ प्रतिशत, देव विकास बैंककाे नाफा ३ दशमलव ५० प्रतिशत, गण्डकी विकास बैंककाे नाफा ६ दशमलव ६८ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंककाे नाफा ३ दशमलव ७७ प्रतिशतले घटेकाे हाे ।

प्रतिशेयर आम्दानीकाे आधारमा :

त्यस्तै,  २१ वटा विकास बैंकहरुमध्ये एक्सेल डेभलपमेन्ट बैंककाे प्रतिशेयर आम्दानी सबैभन्दा धेरै रहेकाे छ । बैंककाे प्रतिशेयर आम्दानी २९ रूपैयाँ ७१ पैसा छ । यता, ग्रीन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंककाे प्रतिशेयर आम्दानी सबैभन्दा कम रहेकाे छ । दुवै बैंककाे प्रतिशेयर आम्दानी ४ रूपैयाँ १७ पैसा छ ।

शेयर मूल्यकाे आधारमा :

त्यस्तै,  २१ वटा विकास बैंकहरुमध्ये सबैभन्दा धेरै शेयर मूल्य पनि एक्सेल डेभलपमेन्ट बैंककै रहेकाे छ । बैंककाे शेयर मूल्य ३७५ रूपैयाँ छ । यता, कर्पाेरेट डेभलपमेन्ट बैंककाे शेयर मूल्य सबैभन्दा कम रहेकाे छ । बैंककाे शेयर मूल्य १३१ रूपैयाँ छ ।

शेयर काराेबार राेक्का :

त्यस्तै,  २१ वटा विकास बैंकहरुमध्ये ६ वटा विकास बैंककाे शेयर काराेबार राेक्का गरिएकाे छ । देव विकास बैंक, गण्डकी विकास बैंक, कैलाश विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, सहयाेगी विकास बैंक र सहारा विकास बैंककाे शेयर काराेबार मर्जरमा जान लागेका कारण राेक्का गरिएकाे हाे ।

गरिमा विकास बैंक

दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ३२ कराेड ५५ लाख ३५ हजार रूपैँया खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा १० दशमलव ०३ प्रतिशत धेरै हाे । गत वर्ष बैंकले २९ करोड ५८ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

ज्योति विकास बैंक

दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले २८ कराेड ८ लाख ३४ हजार रूपैँया खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा ६४ दशमलव ७६ प्रतिशत धेरै हाे । गत वर्ष बैंकले १७ करोड ४ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

कैलाश विकास बैंक

दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ३१ कराेड ५१ लाख ४१ हजार रूपैँया खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा ७ दशमलव १८ प्रतिशत धेरै हाे । गत वर्ष बैंकले २९ करोड ४० लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

महालक्ष्मी विकास बैंक

दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ३० कराेड ५० लाख ७९ हजार रूपैँया खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा ५४ दशमलव ३६ प्रतिशत धेरै हाे । गत वर्ष बैंकले १९ करोड ७६ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

लुम्बिनी विकास बैंक

दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले २५ कराेड २१ लाख ४८ हजार रूपैँया खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा ० दशमलव ७० प्रतिशत धेरै हाे । गत वर्ष बैंकले २५ करोड ३ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

कामना सेवा विकास बैंक

दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले १४ कराेड ८५ लाख १९ हजार रूपैँया खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा ७ दशमलव ५० प्रतिशत धेरै हाे । गत वर्ष बैंकले १३ करोड ८१ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

अन्य बैंकहरूकाे नाफा विवरण यस प्रकारकाे छ :

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको