अर्थ संसार, काठमाडौं – डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूकाे बैंक खातामा धमाधम नगद लाभांश वितरण गरिरहेकाे छ ।
संस्थाकाे माघ २६ गते सम्पन्न १८औँ वार्षिक साधारण सभाबाट पारित गरिएको १५ प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा फागुन १ गतेदेखि जम्मा गरिएकाे छ ।
त्यस्तै, संस्थाले हालसम्म आफ्नाे डिम्याट खातामा बैंक खाता नं. अद्यावधिक नगराएका शेयरधनीहरूलाई आफ्नो शेयर अभौतिकिकरण गराउन तथा आफ्नो हितग्राही खातामा बैंक खाता नं. अद्यावधिक गराउन आग्रह गरेकाे छ ।
संस्थाको शेयर रजिष्ट्रार सिद्दार्थ क्यापिटल लिमिटेड रहेको छ ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस