Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारकाे उकालाे यात्रामा ब्रेक

निशा हुमाँगाई

सोमबार, १२ फागुन २०७६, १५ : ०५ मा प्रकाशित

शेयर बजारकाे उकालाे यात्रामा ब्रेक

अर्थ संसार, काठमाडौं – आज (साेमबार) शेयर बजारकाे उकालाे यात्रामा ब्रेक लागेकाे छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक झिनाे अंकले घटेको छ । साेमबार शेयर बजार १.९६ अंकले घटेर एक हजार ५०२.१८ मा पुगेकाे छ । यस्तै, सेन्सेटिभ परिसूचक ०.४९ अङ्कले वृद्धि भई ३१८ मा पुगेको छ ।

आज कूल १७९ कम्पनीकाे ८३ लाख ४८ हजार २३४ कित्ता शेयर खरिदविक्री हुँदा ३ अर्ब ४१ करोड ५ लाख १६ हजार २७८ रुपैयाँको कारोबार भएकाे छ । 

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज ३  उपसमूह शेयर बढेको छ भने ९ उपसमूह शेयर घटेकाे छ ।

साेमबार बैंकिङ ४.७६ अंक,  उत्पादन २३.३९ अंक र अन्य ९.०४ अंकले बढेकाे छ ।

त्यस्तै, व्यापार १५.४२ अंक, हाेटल २२.६५ अंक, विकास बैंक १६.३२ अंक, जलविद्युत ११.५८ अंक, फाइनान्स २.३९ अंक, निर्जिवन लाइफ २२०.८८ अंक, माइक्राेफाइनान्स ३२.०३ अंक, लाइफ इन्स्योरेन्स ४.७३ अंक र सामूहिक लगानी कोष समूह ०.०४ अंकले घटेकाे छ ।

त्यसैगरी, स्टकका अनुसार कारोबारका आधारमा आज पनि एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीकाे शेयर कूल २० करोड ४३ लाख ३४ हजार ७३ बराबरको कारोबार भएको छ ।

        हेराैं आजकाे शेयर तालिका :

5e5399ea3ecd1.jpg 5e5399ed8a214.jpg 5e5399f170e9b.jpg 5e5399f56af24.jpg 5e5399f8d8338.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको