Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रदको स्वीकृतिसँगै अपि पावरले बोलायो साधारण सभा, बोनस शेयरको प्रस्ताव

मिलन खड्का

विहीबार, १५ फागुन २०७६, ११ : २९ मा प्रकाशित

हकप्रदको स्वीकृतिसँगै  अपि पावरले बोलायो साधारण सभा, बोनस शेयरको प्रस्ताव

अर्थ संसार, काठमाडौं-अपि पावर कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत ७ गते कार्की व्याङक्वेट, बबरमहलमा बिहान ११ बजे सभा बोलाएको हो ।

कम्पनीले साधारणसभामा  आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सहितका विभिन्न प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीले पारित गर्ने छ  ।

तेस्तै नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद निष्काशन अनुमति लाई पनि सभामा अनुमोदन गर्ने प्रस्ताव राख्दै छ।  कम्पनीले ४६.७६ प्रतिशत हकप्रद निष्काशन अनुमति पाएको छ। 

कम्पनीले ५ प्रतिशत बोनस र ४६.७६ प्रतिशत प्रतिशत हकप्रद पश्चात कायम हुने चुक्ता पुंजी १८१.७२३५ करोडको ९०.९६ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो  ।

कम्पनीले प्रस्ताव गरेको हकप्रदबाट पाएको रकमले ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा  लगानी गर्ने बताएको छ ।

कम्पनीमा विदेशी लगानीलाई सहज बनाउनको लागि नियमावली तथा प्रबन्धपत्रमा संशोधन गरी अग्राधिकार सेयर सम्बन्धी व्यवस्था गर्ने प्रस्ताव समेत साधारणसभामा पेश गर्ने छ । त्यस्तै कम्पनीले गाभ्ने गाभिने सम्बन्धी व्यवस्था गर्न नियमावली संशोधन गर्नेछ । 

कम्पनीको सभाले शेयरधनीहरुबाट ५ जना संचालक निर्वाचन गर्नेछ । माथिल्लो चमेलिया जलविद्युत आयोजनाको लागि बैंक तथा वित्तीय संस्थाबाट आवश्यक पर्ने कर्जा लिन संचालकलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुने छ ।

कम्पनीले सभा तथा लाभांशको लागि चैत १ गतेदखि सात गतेसम्म बुक क्लाज तोकेको छ ।  चैत ६ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिई लाभांश पाउने सक्ने छन्।  

अपिले  हाल ८.५ मे.वा को नौगड गाढ आयोजना र ८ मे.वा को माथिल्लो नौगड गाढ आयोजनाबाट विद्युत बिक्री गरिरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको