Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिबन्धित वस्तु बिक्री गर्नेलाई कारबाहीको चेतावनी

अर्थ संसार

सोमबार, ११ साउन २०८३, १५ : ३६ मा प्रकाशित

प्रतिबन्धित वस्तु बिक्री गर्नेलाई कारबाहीको चेतावनी

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज एक सार्वजनिक सूचना जारी गर्दै प्रतिबन्धित वस्तुहरूको बिक्री-वितरणमा संलग्न हुनेहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१)बमोजिम कुनै वस्तुको निकासी वा पैठारीमा मनाही वा नियन्त्रण गर्न सक्ने कानुनी व्यवस्थाअनुसार सरकारले त्यस्ता वस्तुको निवासी वा पैठारीमा सर्त वा निश्चित अवधि तोकी वा नतोकी मनाही गर्न वा पूर्ण वा परिमाणात्मक बन्देज लगाउन विभिन्न मितिमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरेको छ।

तर, त्यस्ता बजारमा भौतिक तथा डिजिटल प्लेटफर्मका माध्यमबाट बिक्रीवितरण भइरहेको सम्बन्धमा प्राप्त उजुरी तथा गुनासाप्रति ध्यानाकर्षण भएको विभागले जनाएको छ।

सरकारले प्रतिबन्ध लगाएका त्यस्ता वस्तुत अनाधिकृत रुपमा पैठारी, भण्डारण तथा बिक्रीवितरण गर्ने कार्य कानुनबमोजिम दण्डनीय रहेकोले सबै पैठारीकर्ता, सञ्चयकर्ता र बिक्रेतालाई कानुनले तोकेबमोजिमको दायित्व सर्त बन्देज परिपालना गरी व्यापार–व्यवसाय सञ्चालन गर्न विभागले आग्रह गरेको छ। यदि कानुनविपरीतका कार्यहरु भए गरेको पाइएमा सोही ऐन, उपभोक्ता संरक्षण ऐन, २०७५ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी विभागले दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको