Like us!
Follow us!
Connect us!
Watch us!

राताम्य पुँजी बजारः कारोबार ६ अर्ब ८ करोड पुग्दा परिसूचक २७ सय बिन्दुमा

अर्थ संसार

सोमबार, ११ साउन २०८३, १५ : ०५ मा प्रकाशित

राताम्य पुँजी बजारः कारोबार ६ अर्ब ८ करोड पुग्दा परिसूचक  २७ सय बिन्दुमा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.२८ अकंले घटेर २७०१.३२ बिन्दुमा  बन्द भएको छ । आज ३५९ कम्पनीको १ करोड ३९ लाख १३ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८ करोडको कारोबार भएको हो ।

आज २ उपसूचकमा मात्रै सुधार देखिएको छ ।

आज वाणिज्य बैंक समूह र म्युचुअल फण्ड समूहको सेयर मूल्यमा सामान्य सुधार देखिएको हो । अन्य ११ उपसूचक राताम्य भएका छन् । सोमबार ३६ कम्पनीको सेयर मूल्य बढेको छ भने २३४ कम्पनीको घटेको छ । यसदिन ५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो ।

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३३ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ .९९ प्रतिशतका दरले कमाएका छन् । गरिआज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १३.३८ प्रतिशतका दरले गुमाएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको