सञ्चालनमा रहेको लघु बीमा कम्पनीहरुमध्ये अझै पनि ४ वटा लघु बीमा कम्पनीको चुक्ता पुँजी अपुग देखिएको हो । नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउन अझै पनि ४ वटा बीमा कम्पनी असफल देखिएका हुन् ।
बीमा प्राधिकरणका अनुसार आईपीओ जारी गरेका लघु बीमा कम्पनीको चुक्ता पुँजी पुगेको छ भने आईपीओ जारी नगरेका कम्पनीको चुक्ता पुँजी अझै अपुग नै देखिएको हो । अहिले नेपालमा ७ वटा लघु बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । ७ वटामध्ये ३ वटाको चुक्ता पुँजी पुगेको छ । प्राधिरकणले लघु बीमा कम्पनीहरुको चुक्ता पुँजी ७५ करोड हुनु पर्ने व्यवस्था गरेको छ । प्राधिकरणले तोकेको ७५ करोडको चुक्ता पुँजी कायम गर्ने कम्पनीहरुमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेका छन् । यी तीन वटै कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ जिष्काशन गरिसकेका छन् ।
बाँकी रहेका चार वटा लघु बीमा कम्पनीहरु स्टार माइक्रो, लिबर्टी माइक्रो लाइफ, ट्रष्ट माइक्रो र प्रोटेक्टिम माइक्रोको चुक्ता पुँजी प्राधिकरणले तोके बमोजिम पुगेको छैन । यी चार वटा माइक्रो इन्स्योरेनसको हाल चुक्ता पुँजी ५२.५० करोड रुपैयाँ रहेको छ । यी कम्पनीले प्राधिकरणले तोकेको चुक्ता पुँजी कायम गर्नका लागि २२.५० करोड रुपैयाँ थप्नु पर्ने हुन्छ । जुन यी कम्पनीहरुले आईपीओ मार्फत पुर्याउने देखिएको छ ।
यद्यपि बीमा प्राधिकरणले वित्तीय क्षमता रजोखिम वहन गर्ने सामथ्र्य पुँजीमा मात्रै निर्भर नरहेर कम्पनीको व्यवसाय विस्तार, बजार हिस्सा, सञ्चित नाफा वा घाटा, जोखिम व्यवस्थापन, संस्थागत सुशासन जस्ता विषयले फरक पर्ने जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस