Like us!
Follow us!
Connect us!
Watch us!

ओलीको दोस्रो प्रत्यारोपण कतिको डरलाग्दो छ ? सफल हुन्छ कि हुँदैन ? यसो भन्छन डा. ऋषि कुमार काफ्ले (भिडियो)

मिलन खड्का

बुधबार, २१ फागुन २०७६, १५ : ०३ मा प्रकाशित

अर्थ संसार, काठमाडौं – बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओलीले पूनः मिर्गौला प्रत्यारोपण नेपालमै गर्न लागेकोमा धन्यवाद दिँदै यो निर्णयसँगै नेपाली चिकित्सकहरुप्रतिको भरोसा बढाएको टिप्पणी गरेका छन् ।

उनले भने,‘उहाँ पूनः प्रत्यारोपणको लागि विदेशपनि जान सक्नुहुन्थ्यो, तर उहाँले नेपालमै गर्ने निर्णय गर्नुभयो । यो अत्यन्तै राम्रो पक्ष हो । यो हामी नेपाली चिकित्सकहरुले आर्जन गरेको कुरा पनि हो । हामी सेवा दिन सक्छौं भन्ने पक्ष हो ।’

 उनले प्रधानमन्त्रीको मिर्गौलाको पूनः प्रत्यारोपणको तयारी राम्रो भएकोले शल्यक्रिया सफल हुने विश्वास दिलाए । उनले भने,‘प्रत्यारोपणपूर्व गरिएका महत्वपूर्ण चेकजाँचका रिपोर्ट राम्रो आएका छन् । मुटु, कलेजो र फोक्सोको अवस्था राम्रो छ । यी सबै टेष्ट गर्दा पूर्ण रुपमा स्वस्थ देखियो । त्यही भएर अस्पताल भर्ना गरिएको हो ।’ नेपालमा ९८ प्रतिशत प्रत्यारोपण सफलता भएको सुनाउँदै यो नेपालको लागि पनि सुखद पक्ष भएको काफ्लेको टिप्पणी छ ।

उनले भने,‘हिजो प्रधानमन्त्रीज्यू भर्ना हुनुभयो, आज अब्जर्भेशनमा राखिएको छ । भोलि, उहाँको ट्रान्सप्लान्ट हुन्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री अझै १५–२० वर्ष स्वस्थ रहने पनि विश्वास दिलाए ।

उनले भने,‘शरिरले साथ दिएसम्म उहाँ स्वस्थ हुनुहुन्छ । कुनै ईन्फेक्शन भएन, हृदयघात वा सडेन डेथ भएन भने लामो समयसम्म चल्न सक्छ ।’ नेपालभित्रै मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्री ओलीको निर्णय अत्यन्तै सकारात्मक भएको उनको तर्क छ । उनले प्रत्यारोपण सफल हुने भन्दै यसमा शंका नगर्न आग्रह गरे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको