Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाबाट कस्ता मानिसको मृत्यु हुन्छ ? कसरी बच्ने ? यसो भन्छन डा. अनुप बास्तोला (भिडियो)

मिलन खड्का

बुधबार, २१ फागुन २०७६, १५ : ३२ मा प्रकाशित

अर्थ संसार, काठमाडौं –सरुवा रोग विशेषज्ञ तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले टेकु अस्पतालमा कोरानाको शंकास्पद विरामीलाई आईलोसेनमा राखेर उपचार गरिएको सुनाए ।   
 

अहिलेसम्म एक जनामा पोजिटिभ देखिएपनि पछि राम्रो भएर विरामी डिस्चार्ज भैसकेको बास्तोलाले सुनाए । उनले भने,‘२३ जना भर्ना हुनुभएको थियो । त्यसमध्ये एक जनामा पोजिटिभ देखिएको छ । १८ जनामा नेगेटिभ देखियो । बाँकीको रिपोर्ट आउँदैछ ।’ 

कोरोनाको लक्षण देखिए त्यहीअनुसार उपचार गर्ने गरिएको सुनाउँदै उनले टेकु अस्पतालमा अहिले ४० बेड क्वारेन्टाईन बेड र ५ आईसोलेशन बेड बनाईएको र त्यस्तो लक्षण देखिएकाहरुलाई १४ दिन राखेर उपचार गर्ने व्यवस्था गरिएको बताए ।

कोरोनाको संक्रमण ८० देखि ८२ प्रतिशत चाहीँ सामान्य रुघाखोकी र बाँकी निमोनियालगायतबाट देखिने उनले स्पष्ट पारे । यसबाट मृत्यु हुने दर एक सयमा २ देखि ३ मात्रै रहेको बास्तोलाले बताए ।  

उनले नेपालमा यो रोग कम्युनिटीमा स्थापित् नभएको स्पष्ट पारे । उनले भने,‘अहिलेसम्म त्यस्तो परिणाम देखिएको छैन् । कोरोना भाईरस लाग्नेबित्तिकै मान्छे मर्दैन् ।’ अहिले मौसमी रुघाखोकीको समय भएकोले सजकता अपनाउनपनि उनले आग्रह गरेका छन् । उनले साबुन पानीले नियमित हात धुन र अनावश्यक भीडभाडमा नजान र मास्क लगाउनको लागि पनि सुझाएका छन् ।  

उनले यसको उपचार भनेको ज्वरोका लागि सिटामोल र रुघाखोकीको लागि त्यहीअनुसार औषधी दिने रहेको सुनाए । उनले अहिले यो रोग लागेर कोही पनि भर्ना नभएको सुनाए । यसअघि भर्ना भएका सफल उपचारपछि घर फर्काईएको उनले स्पष्ट पारे । 

उनले अहिले आँत्तिहाल्नुपर्ने वा डराउनुपर्ने अवस्था भने नरहेको विश्वास दिलाए। तर, नेपाल पूर्ण सुरक्षित छ भनेर बस्न नहुने पनि तर्क गरे । उनले यो वर्षको होली सकभर ठूलो भीडमा गएर नखेल्नको लागि पनि अनुरोध गरे ।

बास्तोलाले आईलोसशन वार्डको लागि टिम नै सक्रिय भएर काम गरिरहेको सुनाए । आजसम्मको अवस्था हेर्दा पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट आगामी १० देखि १५ दिनसम्म पुग्नेपनि उनले सुनाए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको