Like us!
Follow us!
Connect us!
Watch us!

दुबईमा प्रहरीलाई उड्ने मोटरसाइकल सुविधा

भुबी पनेरू

बुधबार, २८ फागुन २०७६, १५ : ०५ मा प्रकाशित

दुबईमा प्रहरीलाई उड्ने मोटरसाइकल सुविधा

अर्थ संसार, काठमाडौं– दुबईमा बिना लाइसेन्सको उड्ने मोटरसाइकलको मज्जा लिन सकिने भएको छ । तर यो सुविधा तत्काललाई भने दुबई प्रहरीका लागि मात्र रहेकाे छ । प्रहरीले छिटै भविष्यमा उड्ने मोटरसाइकलबाट शहरमा गस्ती गर्ने लक्ष्य राखेकाे छ।


क्यालिफोर्नियामा रहेको होभरसर्फ नामक कम्पनीले निर्माण गरेको एस थ्री २०१९ होभरबाइकको प्रशिक्षण भइसकेको दुवई प्रहरीले जनकारी दिएकाे छ।

यसअघि सन् २०१७ मा पनि दुबईमा उड्ने मोटरबाइकको परीक्षण भएको थियो।

एउटा उड्ने बाइक करिब २५० पाउन्डको हुनेछ भने यो कम्तीमा १६ फिट माथिसम्म उड्न सक्नेछ। ओभरसर्फका अनुसारमा त्यसमा रहने ‘लिथियम मानगानिस निकेल ब्याट्री’ ले बाइक ६० माइल प्रति घण्टाको गतिमा कम्तीमा २५ मिनेट उड्न सक्नेछ।

फेडरल एभिएसन एड्मिनिस्ट्रेसनले तय गरेको गति भन्दा यसको गति र तौल कम भएकाले काबर्न फाइबरबाट निर्माण हुने यस्ता उड्ने मोटरबाइक चलाउन लाइसेन्स नचाहिने कम्पनीले जानकारी गराएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको