Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोल अभावका कारण नाकाबन्दीको झल्को (भिडियो रिपोर्ट )

मिलन खड्का

मंगलबार, ०४ चैत्र २०७६, १० : ०८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं -  नेपाल आयल निगमले विश्वभर देखिएको कोराना भाइरसको संक्रमणका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नरहेको बताएपनि उपत्यकाको दृश्य भने फरक छ। 

केहि दिन यता काठमाडौँको धेरै जसो पेट्रोल पम्पबाट पेट्रोल वितरण गरिएको छैन भने पेर्टोल वितरण गरिएका पम्पहरुमा पनि सर्वसाधारणहरु लामो लाइनका कारण दु:ख खेप्न परेको छ। 
 

हेर्नुहोस भिडियो रिपोर्ट

     

नेपाल आयल निगमले सोमबार मात्रै  पेट्रोल, डिजेल र मट्टितेलको साविक खुद्रा बिक्री मूल्यमा  प्रतिलिटर दुई रुपैँया घटाएको छ ।

आन्तरिक उडानमा प्रयोग गरिने हवाई इन्धनमा भने निगमले प्रतिलिटर चार रुपैँया ५० पैसा घटाएको छ । पेट्रयोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार आज रातिदेखि लागू हुने गरी उक्त मूल्य घटाइएको निगमद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

 निगमका अनुसार, काठमाडौँमा पेट्रोलका खुद्रा बिक्री मूल्य रु १०६ तथा डिजेल र मट्टीतेलको मूल्य रु।९५ प्रतिलिटर कायम गरिएको छ । पर्यटन तथा हवाई क्षेत्रमा पर्न गएको असरलाई न्यूनीकरण गर्न देशैभर आन्तरिक उडानमा प्रयोग गरिने हवाई इन्धनमा प्रतिलिटर ४ रुपैँया ५० पैसा घटाएको जनाइएको छ । निगमका अनुसार हवाई इन्धन प्रतिलिटर रु ९० कायम हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको