Like us!
Follow us!
Connect us!
Watch us!

डिजेल-पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

मिलन खड्का

बुधबार, १९ चैत्र २०७६, १९ : २३ मा प्रकाशित

डिजेल-पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

अर्थ संसार, काठमाडौं -नेपाल आयल निगमले तेलको मूल्य घटाएको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटका कारण पेट्रोलियम पदार्थको मूल्य घटाएको हो  ।

ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त नया मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल/मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।

पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ भने र डिजेल - मट्टितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।
 

5e84abacbd6ff.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको