Like us!
Follow us!
Connect us!
Watch us!

भायानेटको डाटा चोरी : कम्पनीले निकाल्यो यस्तो विज्ञप्ती

अर्थ संसार

विहीबार, २७ चैत्र २०७६, १७ : ३३ मा प्रकाशित

भायानेटको डाटा चोरी  : कम्पनीले निकाल्यो यस्तो विज्ञप्ती

अर्थ संसार, काठमाडौं-भायानेट कम्यूनिकेशन प्रा.लि. आफ्नो ग्राहकहरुको सूचना प्रणालीमा साइबर घटना भएको पत्ता  लगाएको छ ।  केही व्यक्तिगत डाटा जस्तै कि नाम, ठेगाना, इमेल ठेगाना र फोन नम्बरहरुमा अनाधिकारिक घुसपैठ गरिएको भायानेट जनाएको छ ।

डाटा उल्लंघनको श्रोत पहिचान गरी त्यसको रोकथाम गरिसकेका भायानेटले विज्ञप्तीमा उल्लेख छ ।    प्राविधिक टोलीले भविष्यमा हुनसक्ने यस्ता सम्भावित कमजोरीहरुमा नजर राख्न र आवश्यक सुरक्षाको व्यवस्था पनि कार्यान्वयनमा ल्याइसकेको दावी गरेको छ ।

भायानेटले अहिले नेपाल सरकारको साइबर क्राइम ब्यूरोसँग सम्पर्कमा छौं र  सम्बन्धित निकायसँग ती डाटाहरु कहाँ अपलोड भएका छन् भनेर पत्ता लगाउन आवश्यक कदम चाल्न अनुरोध गरेका गरेको छ ।  यो घटनाको बारेमा आन्तरिक टोली, साइबरसेक्योरिटि विज्ञद्वारा विस्तृत छानबिन गरिदैछ र ब्यूरोद्वारा सम्भावित प्रभावको र यो चाँडै नै समाधान होस् भनी आशा भायानेटले गरेको छ ।

यो अप्ठ्यारो घडिमा, हामीलाई तपाईंको साथ चाहिएको भन्दै ग्राहकहरुलाई निम्न लिखित सावधानीहरु तुरुन्तै अपनाउनको लागि अनुरोध गर्दछौं ।

१. कृपया कुनै पनि नचिनेको नम्बरबाट आएको कल र SMS को जवाफ नदिनुहोस् र गैर–प्रमाणित एवं शंकास्पत इमेल नखोल्नुहोस् । कृपया आफ्नो व्यक्तिगत जानकारी यस्ता श्रोतहरुलाई नदिनुहोस् ।

२. यदि तपाईंलाई भायानेटबाट कल आयो भने, कृपया आएको कल भायानेटकै निम्न आधिकारिक नम्बरहरुबाट आएको सुनिश्चित गर्नुहोस् 

  •  ९८०१०४६४१०

  •  ०१–५९७०४४४ वा

  •  ०१४२१७५५५

हामी हाम्रा ग्राहकहरुलाई यी नम्बरहरु सेभ गर्न अनुरोध गर्दछौं ताकि तपाईंहरुले आफूलाई आएको कल वास्तवमै भायानेटबाट आए–नआएको सजिलै चिन्नुहोस् ।

३. यदि तपाईंले भायानेटबाट कुनै पनि इमेलहरु प्राप्त गर्नु भयो भने कृपया उक्त इमेल “@vianet.com.np” डोमेनबाट आए–नआएको सुनिश्चित गर्नुहोस् ।

४. यदि तपाईंलाई कुनै पनि समस्या परेमा हामीलाई निम्न माध्यमबाट सम्पर्क गर्नुहोस्ः

  •  कल सेन्टरः ०१–५९७०४४४, ९८०१०४६४१०

  •  फेसबुक च्याट सपोर्टः fb.com/vianetnepal

  •  ईमेलः  [email protected]

यो आपराधिक क्रियाकलापको कारण ग्राहकहरुलाई परेको चिन्ता र असुविधाको लागि हामीले भित्रैदेखि व्यक्त गरेको क्षमालाई कृपया स्वीकार गर्न आग्रह गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको