Like us!
Follow us!
Connect us!
Watch us!

कोभिड–१९ को असर :स्वदेशभित्रका रोजगारीका अवसरहरु आरक्षणको आवश्यकता

मिलन खड्का

विहीबार, २५ बैशाख २०७७, ११ : १५ मा प्रकाशित

कोभिड–१९ को असर :स्वदेशभित्रका रोजगारीका अवसरहरु आरक्षणको आवश्यकता

अर्थसंसार सम्बाददाता

अर्थ संसार, काठमाडौं-कोभिड भाइरस कोभिड–१९ का कारणले देशमा बेरोजगारीको समस्या उत्पन्न भएको छ । बेरोजगारीको समस्याको समाधानका लागी एक उपाय भनेको नेपालका प्रमुख शहरहरुमा खाद्यान्न, तरकारी फलफुल तथा अन्य उपभोग्य वस्तुहरुको थोक तथा खुद्रा व्यापार गर्ने कामबाट श्रृजना हुने रोजगारीका अवसरहरु देशभित्रै रहन भएका नागरिकहरु तथा विदेशमा गई काम गरी फर्कनु भएका तथा हाल बेरोजगार रहनु भएका नागरिकहरुको लागी संरक्षण गर्नु पर्ने आवश्यकता छ । 

निर्माण तथा जडान, सेवा सम्बन्धि विविध कामहरुमा भारतीय नागरिकहरुको बाहुल्यता रहेको छ । कपाल काटने काम पनि भारतीयले गरिरहका छन । नेपालले यी कामहरु स्वदेशीका लागी आरक्षण गर्ने र तत्कालैमा यस सम्बन्धि तालिम प्रदान गरेर स्वदेशी नागरिकका लागी कामका अवसर सुरक्षीत गर्ने उपयुक्त समय आएको छ । कृषि उपजको बजार व्यबस्थापन गर्ने कामका लागी बजार स्थापना गर्ने र सो को संचालन गर्ने काम नेपाली नागरिकका लागी आरक्षण गर्न अनुरोध  छ । यस कामका लागी नेपाली नागरिकहरुलाई बैंकले सुलभ व्याजदरमा सानो कर्जा उपलव्ध गराई दिनु पर्ने पनि आवश्यकता छ । 

यस प्रकारको व्यबसायमा काम गर्नका लागी यो व्यबसाय गर्नेहरुको नेपाली नागरिकताको प्रमाणपत्र हुनु पर्ने र करमा दर्ता हुनुपर्ने व्यबस्थालाई अनिवार्य गरेमा यो कुरा संम्भव छ । यस कार्यमा सरकारले नीति बनाई नीजिक्षेत्रलाई संलग्न गराउन आवश्यक छ । सहकारीहरुले पनि यो काम गर्न गराउन सक्छन  । यसमा सरकारको सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गरिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको