Like us!
Follow us!
Connect us!
Watch us!

भक्तपुर जिल्लाको तीन बस्ती सिल

मिलन खड्का

शनिबार, ०३ जेठ २०७७, २१ : २७ मा प्रकाशित

भक्तपुर जिल्लाको तीन बस्ती सिल

अर्थ संसार काठमाडाैं -  दुई जनाको आरडिटी परीक्षणमा पोजेटिभ देखिएपछि जिल्लाका तीन ठाउँमा सिल गरिएको छ । 

भक्तपुर नगरपालिकाद्वारा च्यामासिंहमा सञ्चालिन जनस्वास्थ्यमा रामेछाप घर भई भक्तपुर नगरपालिका– १ सल्लाघारी बस्ने ५२ वर्र्षीय पुरुषको आज गरेको आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि पिसिआर परीक्षणका लागि काठमाडौँ टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएर उहाँ सल्लाघारीस्थित डेरा बसेको घरसहित आसपास क्षेत्र सिलबन्दी गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो । 

त्यसैगरी आरडिटी परीक्षणमा पोजेटिभ देखिएका ३३ वर्षीय पुरुष बस्दै आएको सूर्यविनायक नगरपालिका– ६, पाण्डुबजार क्षेत्र आज सिल गरिएको छ ।

भक्तपुर नपा– ५ योसिंखेलस्थित पुख्र्यौली घर र आसपासका क्षेत्रमा क्षेत्र सिल गरिएको उहाँले जानकारी दिनुभयो । सूर्यविनायक कोठाबाट ती पुरुष योसिंखेलमा बाबु भेट्न जाने आउने गरेकाले त्यो क्षेत्र पनि सिल गरिएको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको