Like us!
Follow us!
Connect us!
Watch us!

उच्च भोल्टेजका ट्रान्समिशनलाईन निर्माण सम्पन्न गर्ने अवसर

मिलन खड्का

आइतबार, ११ जेठ २०७७, ०९ : २० मा प्रकाशित

उच्च भोल्टेजका ट्रान्समिशनलाईन निर्माण सम्पन्न गर्ने अवसर

अर्थसंसार, काठमाडौँ-विश्वभर फैलिएको कोरोना भाईरस कोभिड–१९ का कारणले देश लकडाउनको अवस्थामा रहेको छ । लक्डाउनको गर्दा असर सबै क्षेत्रमा परेको छ नै। सरकारी निकायका कर्मचारीहरु पनि घरैमा रहेका छन् ।

अन्य कामहरुको अतिरिक्त विगतमा स्थानीयले दुख कष्ट दिई ट्रान्समिशन लाईन आयोजनाका टावर गाडन नदिनने तथा लाईनको तान्न अवरोध गर्ने गरेको ठाँऊमा जिल्ला प्रशासनको सहयोग लिएर सोसल डिस्टान्स कायम गर्दै काम गरेर लाईनमा बचेका अधुरा र जटिल प्रकारका कामहरु सम्पन्न गर्नका लागी यो एक उपयुक्त अवसर हुने ठानी असल नियतले अर्थसंसारले यो समाचार लेख्ने जमर्को गरेको छ ।

काठमाडौं उपत्यका भित्र मातातिर्थ– हरिसिद्ध हुँदै भक्तपुरसम्म जाने १३२ केभि ट्रान्समिशनको निर्माण सम्पन्न गर्न नसकेर भोटेकोशी, खिम्ती तथा तामाकोशी जलविद्युत आयोजनाबाट उत्पादन हुने बिजुली राजधानीमा ल्याउन कठिन भईरहेको छ । यस आयोजनामा हरिसिद्धिमा जम्मा दुई  वटा टावरको फाउण्डेसन बनाउन बाँकी छ । यो काम तत्काल पुरा गर्न सकिन्छ  ।

हेटौंडा–ईनरुवासम्म गईरहेको देशको ठुलो ४०० केभि लाईन र हेटौंडा भरतपुर लाईनमा ठाँउ ठाँउमा रहेको अवरोधले रोकिएको काम पनि तत्कालमा सम्पन्न गर्न सकिन्छ ।

सुदुर पश्चिममा अत्तरिया–बलाच १३१ किलोमिटर लामो १३२ केभि डबल सर्किट आयोजनाको दोश्रो सर्किट निर्माणका लागी टार तान्ने काम मध्ये डडेलधुरा शहरमा स्थानीयले अवरोध गरेर करिव ४ किलोमिटर ठाँउमा तार तान्न बाँकी छ । यो काम यहि अवसरमा सम्पन्न गरी अब निकट भविष्यमा कलंगागाड नदीमा निर्माण भईरहेका आयोजनाहरुबाट उत्पादन हुने विद्युत शक्ति राष्ट्रिय ग्रीडमा सजिलै प्रवाह गरौं ।

यी त केहि प्रतिनिधि परियोजना हुन ।यस प्रकारका समस्याहरु देशभरै विद्यमान छन । तसर्थ नेपाल विद्युत प्राधिकरणका अध्यक्ष तथा कार्यकारी प्रमुखको ध्यानाकर्षण गराउने पनि यो समाचारको आशय हो ।स्थानीयको अवरोध भनि विदेशी ठेकेदारले काम गर्न नसकेको भनेको कारण पनि यहि हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको