Like us!
Follow us!
Connect us!
Watch us!

म्यानमारबाट आएका सबै नेपालीको पीसीआर नेगेटिभ, आजै घर जान पाउने

मिलन खड्का

शुक्रबार, २३ जेठ २०७७, १९ : ५८ मा प्रकाशित

म्यानमारबाट आएका सबै नेपालीको पीसीआर नेगेटिभ, आजै घर जान पाउने

अर्थ संसार, काठमाडौं –  म्यानमारबाट उद्धार गरेर नेपाल ल्याइएका २६ जना नेपालीको कोरोना भाइरस परीक्षणको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । योसँगै उनीहरु सबै आजै घर जानसक्ने भएका छन् ।


उद्धार गरेर ल्याइएकामध्ये बागमती प्रदेशका १७, गण्डकी प्रदेशका ४, प्रदेश १ का ४ र प्रदेश ५ का एक जना नेपाली रहेकाछन् ।उनीहरु सबैलाई होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षण गरिएको थियो ।


यो समाचार तयार पार्दासम्म ८ जनाभन्दा बढी आफ्नो घर गइसकेको जनाइएको छ । यद्यपी उनीहरुले घरमा पनि होम क्वारेन्टाइनमा बस्नु पर्नेछ । त्यसका लागि होल्डिङ सेन्टरमै नेपाली सेनाले प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गराएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको