Like us!
Follow us!
Connect us!
Watch us!

एसियाकै धनाड्य अम्बानीको जियोमा ६ हप्तामा ११ अर्ब डलरको लगानी, थपिए छैठौं लगानीकर्ता

मिलन खड्का

शनिबार, २४ जेठ २०७७, ११ : ११ मा प्रकाशित

एसियाकै धनाड्य अम्बानीको जियोमा  ६ हप्तामा ११ अर्ब डलरको लगानी, थपिए छैठौं लगानीकर्ता

अर्थ संसार काठमाडौं । अबुधाबी स्थित मुबाडाला लगानी कम्पनीले जियोमा लगानी गर्ने भएको छ । मुबाडालाले जियाेमा १.२ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको हो ।

एसियाकै धनाड्य भारतीय मुकेस अम्बानीकाे रिलायन्स इन्डस्ट्रिज अन्तर्गतको टेक कम्पनी जियोमा यसअघि ५ अमेरिकी कम्पनीले लगानी गरिसकेका छन् । सुरुमा फेसबुकले जियोको करिब १० प्रतिशत सेयर किनेको थियो ।

फेसबुकले लगानी गरेसँगै मुकेस अम्बानी एसियाकै धनाड्य बनेका थिए । फेसबुकपछि अमेरिकी कम्पनी भिस्टा र जेनरल एटलान्टिकले जियोको सेयर किनेको थियो ।

पछिल्लो ६ हप्ताको बीचमा ६ लगानीकर्ता थप्दै जियोले ११ अर्ब डलरभन्दा बढी लगानी उठाइसकेको छ ।

भारतमा सस्तो मुल्यमा इन्टरनेट डाटा एवं अन्य सेवा दिएर जियोले भारतीय इन्टरनेट बजार नै परिवर्तन गरिदिएको छ । फेसबुकसँगको सहकार्यले जियाले भारतमा अब, ईकमर्स र इन्टरनेटका सबै क्षेत्रका व्यावसाय थाल्ने जनाइएको छ ।

पछिल्लो ६ हप्ता (अप्रिल २२ यता) मा जियोमा, फेसबुकले ५.७ अर्ब डलर, सिल्भर लेकले ७४ करोड अमेरिकी डलर, भिस्टाले साढे १ अर्ब डलर, जेनरल एटलान्टिकले ८७ करोड डलर, अमेरिकी लगानी कम्पनी केकेआरले साढे १ अर्ब डलर र युएई मुडबालाले १.२ अर्ब डलर लगानी गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको