Like us!
Follow us!
Connect us!
Watch us!

‘खल्तीले ल्यायोदुई गुणा अफर, खल्तीमा रकम पठाउनेलाई ११ दिनमै आफ्नो नगद दुई गुणा पार्ने अबसर !

अर्थ संसार

बुधबार, १७ असार २०७७, २१ : ४२ मा प्रकाशित

‘खल्तीले ल्यायोदुई गुणा अफर, खल्तीमा रकम पठाउनेलाई  ११ दिनमै आफ्नो नगद दुई गुणा पार्ने अबसर !

अर्थ संसार, काठमाडौं-असार १८डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्ने उद्देश्यले खल्ती डिजिटल वालेटले मोवाइलएप र खल्ती डटकम (khalti.com) वेवपेजमार्फतकारोबार गर्ने ग्राहकहरूका लागि ‘खल्तीको दुई गुणाअफर’ नामको प्रबर्धनात्मकयोजना ल्याएको छ ।

यही असार १७ देखि ११ दिनसम्म चल्ने योजनामा ग्राहकले आफूले पठाएकोरकम दोब्बर बनाउने अबसर पाउने छन् । बिजेताको वालेटमा खल्तीले ग्राहकले पठाएजति नैरकम जम्मा गरिदिने छ । विजेता नबन्नेहरूले आफूले पठाएजति रकम असार ३१ भित्र वालेटमैफिर्ता पाउने छन् ।

योजना अबधिमा १० रूपैयाँदेखी ५०० रूपैयाँसम्म पठाउनेको मात्र नगददोब्बर हुनेछ । योजनामा सहभागी हुनेले असार २७ सम्म आफ्नो ग्राहकको ब्यक्तिगत विवरण (KYC)  प्रभाणित (Verify) गरिसक्नु पर्नेछ र प्रबर्धनात्मक योजनामा 'खल्ती' को सबै प्रयोगकर्तासाथै एजेन्टहरू पनि सहभागी हुन सक्ने छन् । ११ दिनको अबधिमा रकम पठाउनेमध्ये ५० जनाबिजेताको घोषणा असार २८ मा हुनेछ ।

Khalti Launches 2x “Khalti Paisa Double Offer” | "बिना कुनै खर्च आफ्नो पैसा दुई गुणा"

विजेतालाइ ग्राहकहरूले पठाएको रकममा त्यती नै रकम (अधिकतम रु. ५०० मात्र) थपेर 'खल्ती' ले विजेताकै खातामा उपलब्ध गराउनेछ र बिजेता नबन्ने सबैसहभागीहरुको रकम खल्तीले असार ३१ भित्र उनीहरूको डिजिटल वालेटमै फिर्ता गरिदिनेछ रयस योजनामा खल्तीका प्रयोगकर्ता हरेकले जति पटक पनि सहभागिता जनाउन पाउनेछन् र खल्तीकाप्रयोगकर्ताले एसएमएसमार्फत अफलाइन कारोबार पनि गर्न सक्ने छन् ।

'हामीले नगदको सट्टाडिजिटलमाध्यमबाट कारोबार गर्न ग्राहकलाई प्रोत्साहन गर्न योजना ल्याएका हौं । सबै खल्तीप्रयोगकर्ताले योजनामा सहभागी भएर मौकाको फाइदा उठाउनुहोस् भन्ने आग्रह छ,' खल्तीका सहायकप्नबन्धक अनिल कार्कीले भन्नु भयो- 'मोवाइलबाटै नगदकारोबार गर्न सकिने सजिलो,सुरक्षित र छिटो प्रविधिलाइ सरकारले समेत प्रोत्साहन गरिरहेको छ ।डिजिटल नेपालबनाउने सरकारको अबधारणालार्ई सहयोग गर्न पनि हामीले यस प्रकारको योजना सुरू गरेका हौं।'खल्तीले आफ्नो नारा नै डिजिटल नेपाल, समृद्भिको महाअभियानु बनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको