Like us!
Follow us!
Connect us!
Watch us!

थाइल्याण्डमा ७० बर्ष शासन गरेका राजा अदुल्यादेजको मृत्यु

विहीबार, २७ असोज २०७३, १८ : २९ मा प्रकाशित

थाइल्याण्डमा ७० बर्ष शासन गरेका राजा अदुल्यादेजको मृत्यु

एजेन्सी
काठमाडौं विश्वमै सबैभन्दा लामो समय शासन गरेका थाइल्याण्डका राजा भूमिवोल अदुल्यादेजको बिहीबार ८८ वर्षको उमेरमा निधन भएको छ ।

उनले थाइल्याण्डमा ७० बर्ष शासन गरेर रेकर्ड कायम गरेका थिए । उनी उपचारको क्रममा थिए ।  लामो समय शासन गर्ने राजा थिए । उनलाई के रोग लागेको थियो भनेर खुलाइएको छैन । 
महाराजको सिरिराज अस्पतालमा उपचारको क्रममा स्थानीय समयअनुसार ३ बजेर ५२ मिनट जाँदा निधन भएको छ,’ दरबारले जारी विज्ञप्तीमा भनिएको छ । थाइल्याण्डको संविधानअनुसार अब ६३ वर्षीय थाई युवराज महा भाजिरालोङकोर्नलाई थाइल्याण्डका नयाँ राजा घोषणा गरिनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको