एभरेष्ट कलर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरेको प्राथमिक निष्काशनमा आवेदन दिने समय आज समाप्त हुँदैछ। कम्पनीले वैशाख १६ गतेदेखि पहिलो चरणअन्तर्गत विदेशमा कार्यरत नेपाली नागरिकका लागि निष्काशन खुला गरेको थियो।
नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएअनुसार कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको १६ दशमलव ३३ प्रतिशत बराबर साधारण सेयर निष्काशन प्रक्रिया अघि बढाएको हो। यसअनुसार कम्पनीले ७ करोड ९० लाख रुपैयाँ बराबरका कुल ७ लाख ९० हजार कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति प्राप्त गरेको छ।
कुल निष्काशनमध्ये १० प्रतिशत अर्थात ७९ हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ। नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर विदेशमा कार्यरत नेपाली नागरिकले मात्र यस चरणमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। इच्छुक आवेदकले आज बैंकिङ समयभित्र आवेदन प्रक्रिया पूरा गरिसक्नुपर्नेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हालिरहेको छ। आगामी चरणमा कम्पनीले अन्य समूहका लगानीकर्ताका लागि पनि साधारण सेयर निष्काशन गर्ने तयारी गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस