सरकारले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ कार्यान्वयनमा आएसँगै ऊर्जा क्षेत्रका विभिन्न सार्वजनिक निकायका पदाधिकारी स्वतः पदमुक्त भएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज सूचना जारी गर्दै अध्यादेशको व्यवस्थाअनुसार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा सदस्य सचिव हितेन्द्रदेव शाक्य पदमुक्त भएको जनाएको छ ।
यससँगै प्राधिकरणका सदस्यहरू रतनबहादुर ऐर, डा. बलबहादुर पराजुली, श्यामकिशोर यादव र रोहित पौडेल पनि पदमुक्त भएका छन् ।
त्यस्तै, विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल पनि अध्यादेशअनुसार पदमुक्त भएका छन् । आयोगका सदस्यहरू डा. मधुसुधन अधिकारी, डा. झमकप्रसाद शर्मा, गौतम डङ्गोल र भागिरथी भट्टराई ज्ञवाली पनि पदबाट मुक्त भएको मन्त्रालयले स्पष्ट पारेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस