Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा हरियाली, कारोबार ३ अर्ब माथि

अर्थ संसार

शुक्रबार, २५ बैशाख २०८३, १५ : ०७ मा प्रकाशित

सेयर बजारमा हरियाली, कारोबार ३ अर्ब माथि

साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजार दोहोरो अंकले बढेर कारोबार भएको छ । आज सेयर बजार परिसूचक २७.४९ अंकले बढर कारोबार भएको हो । 

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७४६.६५ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भनदा १.०१ प्रतिशतले वृद्धि भएको हो । आज सेयर बजारमा २३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २६ कम्पनीको सेयर मूल्य बढेको छ । आज ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ३.२४ अंकले बढेर ४६७.३३ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने १ वटाको स्थिर रहेको छ । 

परिसूचक बढेको दिन कारोबार रकममा पनि केही सुधार भएको छ । अघिल्लो दिन ३ अर्ब भन्दा कमको कारोबार भएको बजारमा आज ३ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज ३३५ कम्पनीका ७४ लाख ७८ हजार ५६२ कित्ता सेयर ५३ हजार १४ पटक खरिद बिक्री हुँदा ३ अर्ब २८ करोड ६८ लाख ७० हजार ५५९ रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको