Like us!
Follow us!
Connect us!
Watch us!

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ४ निर्णय

अर्थ संसार

सोमबार, ११ जेठ २०८३, १७ : ३३ मा प्रकाशित

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ४ निर्णय

आज बसेको मन्त्रिपरिषद् बैठकले चारवटा महत्त्वपूर्ण निर्णय गरेको छ। सरकारले बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो। आर्थिक वर्ष ८३।८४ मा बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य मोटो धानको ३६६० रूपैयाँ प्रति क्विन्टल र मध्यम धानको ३८६० रूपैयाँ प्रतिक्विन्टल तोक्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे/केरुङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्र पत्र स्वीकृत गर्ने निर्णय समेत भएको छ । सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्ति गर्ने निर्णय भएको हो ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको