Like us!
Follow us!
Connect us!
Watch us!

कस्तो आउँदैछ बालेन सरकारको पहिलो बजेट ?

अर्थ संसार

सोमबार, ११ जेठ २०८३, १६ : ४१ मा प्रकाशित

कस्तो आउँदैछ बालेन सरकारको पहिलो बजेट ?

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि अर्थ मन्त्रालयमा १८ खर्ब ९० अर्ब रुपैयाँको सीमाभित्र रहेर बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको बलियो जनमत र प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा गठित सरकारको यो पहिलो पूर्ण बजेट भएकाले यसप्रति आम नागरिकको ठूलो अपेक्षा र मनोवैज्ञानिक दबाब अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छ। यो बजेट परम्परागत अंकहरूको जोडघटाउ मात्र नभई सुशासन, अर्थतन्त्रको पुनर्संरचना, र डिजिटल रूपान्तरण जस्ता ५ मुख्य खम्बामा आधारित रहने  बताइएको  छ । देशलाई रेमिट्यान्सको भरबाट मुक्त गर्दै उत्पादन र आधुनिक प्रविधितर्फ डोर्याउने यसको मूल लक्ष्य छ।

बजेटमा हचुवाका भरमा नयाँ योजना बाँड्नुभन्दा ७० देखि ८० प्रतिशत काम पूरा भइसकेका पुराना आयोजनालाई पूर्णता दिन प्राथमिकता दिइनेछ। नेपाललाई सफ्टवेयर र एआई निर्यात गर्ने 'टेक हब' बनाउने, सरकारी सेवामा बिचौलिया अन्त्य गर्न डिजिटल प्रणाली लागू गर्ने र सीमा सुरक्षामा आधुनिक प्रविधिको प्रयोग गर्ने योजना बजेटमा समेटिएका छन्। यसका साथै, स्वास्थ्य बिमाको पुनर्संरचना, शिक्षामा 'राष्ट्रिय अनुसन्धान तथा नवप्रवर्तन कोष' को स्थापना, र करदाताको पैसा दुरुपयोग नगरी सहकारीकै सम्पत्तिबाट पीडितको समस्या समाधान गर्ने जस्ता व्यावहारिक र कठोर नीतिहरू यस पटक लिइँदैछ।

विद्यमान आर्थिक मन्दी र चालू खर्च धान्न समेत ऋण लिनुपर्ने प्रतिकूल अवस्थाका बीच चुनावी प्रतिबद्धता र सरकारको १०० बुँदे शासकीय सुधारको कार्यसूची कार्यान्वयन गर्नु यो सरकारको मुख्य चुनौती हो। 'ऋण लिएर घिउ खाने' पुरानो परिपाटी बदल्दै देशलाई आर्थिक यथास्थितिवादबाट मुक्त गर्ने दाबी गरिएको यो बजेट नेपाली नागरिकमा नयाँ आशा जगाउने कडी बन्छ वा केवल शब्दको जालमा सीमित हुन्छ, यसको वास्तविक परीक्षा जेठ १५ गते संघीय संसदमा हुने प्रस्तुतिले नै तय गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको