अर्थ संसार, काठमाडौं - नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले पोस्टपेड सिमकार्डकाे मूल्य घटाएकाे छ । यसअघि ९ सय ४५ रूपैयाँ लाग्ने पोस्टपेड सिमकार्ड अब ५ सय रूपैयाँमा नै किन्न सकिने भएकाे छ ।
नेपाल सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा नयाँ सिमकार्ड र रिचार्ज कार्ड खरिदमा दुई प्रतिशत स्वामित्व शूल्क लागु गर्ने निर्णय गरेअनुसार टेलिकमले स्वामित्व शूल्क परिमार्जन गरेकाे हाे ।
सिमकार्ड र रिचार्ज कार्ड दुवैमा स्वामित्व शूल्क लाग्ने भएकाले पोस्टपेड सिम खरिद गर्दा लाग्ने शूल्क परिमार्जन गरिएकाे टेलिकमले जनाएकाे छ । ५ सय रूपैयाँमा खरिद गरिएकाे पोस्टपेड सिमकार्डमा ४ सय ६० रुपैयाँ क्रेडिट लिमिट रहने पनि टेलिकमले जानकारी दिएकाे छ ।
त्यसैगरी, परिमार्जन गरिएकाे नयाँ नियम अनुसार पोस्टपेड मोबाइलको शूल्क भुक्तानी गर्दा दुई प्रतिशत स्वामित्व शूल्क लाग्नेछ । जस अनुसार एक सय रुपैयाँ बराबरको रिचार्ज गर्दा ९८ रुपैयाँ मात्रै ब्यालेन्स उपलब्ध हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस