अर्थ संसार, काठमाडौं - निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ब्यालेन्स सापटीमा दिँदै आएको थप सुविधा बन्द गरेको छ ।
कम्पनीले हाल विश्वभर फैलिरहेकाे काेराेना भाइरस (काेभिड-१९) काे संक्रमण न्युनीकरण गर्न जारी गरिएकाे लकडाउनका कारण ग्राहकहरूमा पर्न सक्ने समस्यालाई मध्यनजर गर्दै सापटी सेवा अन्तर्गत विभिन्न सुविधाहरु प्रदान गर्दै आइरहेकाे थियाे ।
कम्पनीले सापटी सेवा अन्तर्गत २० रुपैयाँमा २५० एमबी डेटा र २५० वटा एसएमएस, १० रुपैयाँमा २५० वटा एसएमएस र पाँच रुपैयाँमा २५ वटा एसएमएस, २५ मिनेट टकटाइम र २५ एमबी डाटा प्रदान गर्दै आएकाे थियाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस