Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बंगलादेश बैंकमा बंगलादेशी र नेपाली शेयरधनीबीच विवाद

अर्थ संसार

आइतबार, ०४ साउन २०७७, ०८ : ४२ मा प्रकाशित

नेपाल बंगलादेश बैंकमा बंगलादेशी र नेपाली  शेयरधनीबीच विवाद

अर्थ संसार, काठमाडौं-नेपाल बंगलादेश बैंकका संस्थापक शेयरधनीमध्ये बंगलादेशी र नेपाली शेयरधनीबीच विवाद देखिएको छ । बैंकको सञ्चालक समितिको संस्थापक बोर्ड सदस्यमा ४० दशमलव ९१ प्रतिशत शेयर शेयर स्वामित्व रहेको बंगलादेशी साझेदार आइएफआइसीले एकलौटी गरेको, तर बैंकमा सुधार नगरेको नेपाली संस्थापकहरूको आरोप छ ।

बैंकले कर्जाको ब्याज घटाउँदा अर्थतन्त्रलाई नकारात्मक असर : ज्ञानेन्द्र ढुंगाना | 

बंगलादेश बैंकमा आइएफआइसीले शेयर स्वामित्वको अनुपातमा हुनुपर्नेभन्दा धेरै सञ्चालक सदस्य राख्न पाइरहेको छ । बंगलादेश बैंकमा संस्थापक शेयरधनीको ५१ दशमलव ६२ प्रतिशत शेयर स्वामित्व छ भने सर्वसाधारणको ४८ दशमलव ३८ प्रतिशत शेयर छ ।

संस्थापक शेयरधनीका तर्फबाट सञ्चालक समितिमा तीनजनाको प्रतिनिधित्व हुने गरेको छ, १७ प्रतिशत शेयर स्वामित्वबराबर एक सञ्चालक हुनुपर्ने हो । यसअनुसार आइएफआइसीले दुईजना मात्रै सञ्चालक राख्न पाउनुपर्ने हो । तर, १० दशमलव ७१ प्रतिशत स्वामित्व रहेका नेपाली संस्थापकहरूको तर्फबाट समेत आइएफआइसीकै प्रतिनिधि सञ्चालक हुने गरेको छ । अर्थात्, आइएफआइसीबाट ३ जना सञ्चालक छन् ।

‘विगतमा एनबी समूहका कारण बैंक नै समस्यामा गएकाले सुधार हुने अपेक्षामा नेपाली संस्थापकहरूले समेत आइएफआइसीकै  प्रतिनिधिलाई अधिकार सुम्पिए, तर उसले बैंकमा न सुधार गर्यो, न नियमअनुसार नेपाली संस्थापकबाट बैंकमा प्रतिनिधित्व नै गरायो,’ एक नेपाली लगानीकर्ताले भने । बैंकका केही शेयरले शेयरअनुपातभन्दा धेरै सञ्चालक सदस्य रहेको आइएफआइसीले बैंकमा सुधार भने नगरेको भन्दै राष्ट्र बैंकका गभर्नरलाई गत १४ माघमा उजुरी गरेका थिए ।

गभर्नरलाई गरेको उजुरीका विषयमा छानबिन भएको छैन । बरु, त्यस विषयमा बैंक सुपरिवेक्षण विभागमा जानकारी नै नआएको राष्ट्र बैंकका निर्दे शक सुदीप फुँयालले बताए । कम्पनी ऐन र बाफियाअनुसार बैंक तथा वित्तीय संस्थामा कम्तीमा ५ देखि ७ जना सेयरधनी सदस्य हुनैपर्छ ।

सञ्चालक समितिमा कम्तीमा एकजना स्वतन्त्र सञ्चालक हुनुपर्छ । हाल बैंकमा ६ जना सञ्चालक छन् । एकजना स्वतन्त्र सञ्चालक भने २ वर्षदेखि नियुक्त हुन सकेका छैनन् । बाँकी ६ जनामा ३ जना संस्थापकबाट र ३ जना सर्वसाधारणबाट छन् ।

‘यत्तिका समयपछि अहिले त कम्तीमा १० प्रतिशत संस्थापकबाट नेपालीको पनि प्रतिनिधित्व हुनुपर्ने हो, त्यसो भएको छैन,’ एक संस्थापक शेयरधनीले भने, ‘बैंकका पुराना समस्या त हटे, तर बैंक अहिले विभिन्न सूचकका आधारमा पछिल्लो स्तरमा छ ।’

हुन पनि बैंक गत आवको तेस्रो त्रैमासमा २७ वटा बैंकमध्ये निक्षेप आधारमा अन्तिम २५औँ, कर्जा आधारमा अन्तिम २४औँमा, नाफाका आधारमा २३औँमा र शेयर प्रतिफल (आरओई)का आधारमा २२औँ आधारमा छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको दफा १७ अनुसार कम्तीमा एकजना स्वतन्त्र सञ्चालक नियुक्त गर्नै पर्ने  व्यवस्था छ ।

तर, यसको समेत बैंकले पालना गर्न सकेको छैन । यसअघि एकजना स्वतन्त्र  सञ्चालक नियुक्त गरेको भए पनि राष्ट्र बैंकले मापदण्ड नपुगेका कारण रद्द भएको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले  बताए ।

‘स्वतन्त्र सञ्चालकको कुलिङ अवधि नै नपुगेका कारण राष्ट्र बैंकले नै नियुक्ति बदर गर्यो,’ प्रमुख कार्यकारी अधिकृत ढुंगानाले भने । बैंक तुलनात्मक रूपमा कमजोरसमेत नभएको ढुंगाना दाबी गर्छन् । यो विवादलाई केही पक्षको असन्तुष्टिका रूपमा मात्र लिनुपर्ने  उनले बताए ।नयाँपत्रिबाट 

 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको