Like us!
Follow us!
Connect us!
Watch us!

अब गुगलमा भिडियो हेरी-हेरी सपिङ्ग गर्न पाइने

निशा हुमाँगाई

मंगलबार, ०६ साउन २०७७, १२ : ४४ मा प्रकाशित

अब गुगलमा भिडियो हेरी-हेरी सपिङ्ग गर्न पाइने

अर्थ संसार, काठमाडौं – प्रविधिको अग्रणी संस्था गुगलले किनमेल सम्बन्धी नयाँ एप ल्याएको छ । नयाँ एपमा केही अत्याधुनिक प्रयोगहरु गर्न थालिएको छ । यसले मानव जीवनलाई धेरै सहज बनाउने निर्माताहरुले विश्वास गरेका छन् ।

गुगलले सपलुप नाम दिएको याे एपमा बिक्रीका लागि राखिएको सामग्रीहरुको बारेमा जानकारी दिनेगरी बढीमा ९० सेकेन्डको भिडियो पनि हेर्न पाइने व्यवस्था गरिएको छ । 

त्यसैगरी, एपमा राखिएको भिडियोले उपभोक्तालाई पसलमै गएर सामान हेरेजस्तो अनुभूति गराउने विश्वास सपलुपका महाप्रबन्धक लक्स पुजारीले व्यक्त गरेका छन् । (एजेन्सी)

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको