Like us!
Follow us!
Connect us!
Watch us!

अब सञ्चयकोषको सापटीको व्याज ‘कनेक्ट आइपिएस’ मार्फत जम्मा गर्न सकिने

निशा हुमाँगाई

बुधबार, २१ साउन २०७७, १५ : ०१ मा प्रकाशित

अब सञ्चयकोषको सापटीको व्याज ‘कनेक्ट आइपिएस’ मार्फत जम्मा गर्न सकिने

अर्थ संसार, काठमाडौं – कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताले लिएका सबै कर्जा तथा सापटीको साँवा तथा व्याज ‘कनेक्ट आइपिएस’ मार्फत जम्मा गर्न सक्ने व्यवस्थाको शुरुवात गरेको छ । सञ्चयकर्ताले आफ्नो खाता रहेको जुनसुकै बैंकबाट कनेक्ट आइपिएसमार्फत विशेष सापटी तथा अन्य कर्जाको साँवा तथा ब्याज रकम जम्मा गर्न सक्नेछन् ।

कोषले अनलाइन प्रणालीमार्फत सापटी लिन र तिर्न सक्ने व्यवस्था गरेसँगै कोषका सञ्चयकर्ताले प्रविधिमार्फत कारोबार गर्नसक्ने अवस्था सिर्जना भएको छ । यसले विश्वमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमणको महामारीको विषम परिस्थितिमा समेत कोषको सेवा प्रवाह सहज हुने विश्वास लिइएको प्रवक्ता ओमकृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।

कोषले शुरु गरेको अनलाइन सापटी फिर्ता भुक्तानी प्रणालीमा सञ्चयकर्ताले बैंकमा उपस्थित भएर वा आफू रहेकै स्थानबाट कारोबार गर्नसक्ने व्यवस्था मिलाइएको छ । यसका लागि सञ्चयकर्ताले आफ्नो बैंक खातामा कनेक्ट आइपिएस सुविधा लिएको हुनुपर्ने र कोषको केवाइसी गरेको हुनुपर्नेछ । हाललाई रु पाँच हजारदेखि रु १० लाखसम्म सापटी तिर्न सक्ने गरी कारोवारको सीमा कायम गरिएको छ । - (रासस)

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको