Like us!
Follow us!
Connect us!
Watch us!

अब सबै टेलिकमको ब्यालेन्स हेर्ने, ट्रान्सफर र रिचार्ज गर्ने 'सर्ट कोड' एउटै हुने

अर्थसंसार

मंगलबार, २३ भदौ २०७७, १४ : ३९ मा प्रकाशित

अब सबै टेलिकमको ब्यालेन्स हेर्ने,  ट्रान्सफर र रिचार्ज गर्ने 'सर्ट कोड' एउटै हुने

अर्थ संसार, काठमाडौं -हामी मोबाइलमा भिन्न-भिन्न सिम कार्ड प्रयोग गर्छौं । ब्यालेन्स थाहा पाउन, ब्यालेन्स ट्रान्सफर गर्न र रिचार्ज गर्न पनि फरक टेलिकमको फरक कोड हुने गर्छ । तर अब फरक फरक सेवा प्रदायकका प्रयोगकर्ताले एउटै 'सर्ट कोड'हरु प्रयोग गर्न पाउने भएका छन् । 

नेपाल दूरसञ्चार प्राधिकरणले सर्टकोड सम्बन्धी कार्यविधि जारी गर्दै टेलिकमहरूका लागि एकद्वार प्रणाली लागू गरेको छ। यो प्रणाली लागू भएसँगै अब सबै सेवाप्रदायकको ब्यालेन्स हाल्ने, ब्यालेन्स बुझ्ने र ब्यालेन्स ट्रान्सफर गर्नेसम्मका सुविधा एउटै कोडबाट हुनेछ ।

अब ६ महिनाभित्रै सबै सेवा प्रदायकले ब्यालेन्स थाहा पाउन १४४, ब्यालेन्स ट्रान्सफर गर्न १३३ र रिचार्जका लागि १२२ सर्ट कोड प्रयोग गर्नुपर्ने भएको छ । 

सेवाप्रदायकअनुसार फरक-फरक सर्ट कोड हुँदा प्रयोगकर्तालाई समस्या भएको ठहर गरेर नियामक प्राधिकरणले यस्तो व्यवस्था गरेको जनाएको छ ।


प्राधिकरणले जानकारीमूलक सेवा प्रदान गर्न चलाइएका टोल फ्रि नम्बर सम्बन्धी व्यवस्थामा पनि हेरफेर गरेको छ । आफ्ना ग्राहक तथा सेवाग्राहीलाई निःशुल्क फोनको सुविधा दिने गरी प्रयोगमा आएका टोल फ्रि नम्बरहरु पनि अब एकै खालको नम्बरिङ प्रणालीमा रहने भएका छन् ।

हाल नेपाल टेलिकमले १६६० बाट सुरु भएका ११ अंकका र एनसेलले १० अंकका टोल फ्रि नम्बर उपलब्ध छ । अब सेवा प्रदायकले १८०० बाट सुरु हुने गरी १० अंकको यस्तो नम्बर दिनुपर्नेछ । 

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको