अर्थ संसार, काठमाडौँ - नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सामूहिक लगानी कोषको नियमावली संशोधन गरेको छ । बोर्डले नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृती भएको सामूहिक लगानी कोष ९चौथो संशोधन० नियमावली, २०७७ भाद्र २४ गतेदेखि लागू गरेको हो ।
उक्त संशोधन मार्फत योजना व्यवस्थापकले खुमुखी योजनाको इकाई पुनः खरीद गर्दा लिने शुल्क (एक्जिट फि) योजनाको आयमा लेखांकन गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि, उक्त आयको लेखांकन योजना व्यवस्थापकले गर्ने गरेका थिए ।
त्यसैगरी, उक्त नियामावलीको नियम ४० को उपनियम ९४० मा योजना व्यवस्थापक र योजनाको लेखा परिक्षकको नियुक्ती गर्दा बोर्डलाई जानकारी दिई नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ । यसअघि बोर्डबाट स्वीकृती लिएर मात्र गर्न सकिने व्यवस्था रहेको थियो ।
त्यस्तै, उक्त व्यवस्था लागू भएसँगै खुलामुखी सामुहिक लगानी योजनाको आयमा वृद्धि भई लगानीकर्ताहरूको हित हुने बोर्डको अपेक्षा रहेको छ ।
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस