Like us!
Follow us!
Connect us!
Watch us!

नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद - पूर्वराजा शाह

अर्थ संसार

विहीबार, १४ साउन २०८३, १६ : ३७ मा प्रकाशित

नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद - पूर्वराजा शाह

पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले सुनसरी जिल्लाका विभिन्न गाउँबस्तीमा भएको आपसी द्वन्द्व र त्यसबाट उत्पन्न अशान्तिप्रति चिन्ता व्यक्त गरेका छन्  । साउन १४ गते निर्मल निवासस्थित संवाद सचिवालयमार्फत एक सद्भाव सन्देश जारी गर्दै उनले नेपालीहरूबीचको ऐतिहासिक एकता र सामाजिक सद्भाव कायम राख्न अपील गरेका हुन् ।

पूर्वराजा शाहले सुनसरीमा भएको विवादले जनधनको क्षति पु¥याएको र त्यसको असर कोशी क्षेत्र तथा तराईका विभिन्न भू–भागमा फैलिएको खबरले आफूलाई अत्यन्त दुखी तुल्याएको बताएका छन् । जारी सन्देशमा भनिएको छ, ‘समाजका सबै समुदायमा सामन्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवाञ्छित घटना र दुर्घटना घट्नु चिन्ताको विषय हो । यो हाम्रो मौलिक मूल्य र मान्यता विपरीतको विषय हो ।’

नेपालको गौरव र पहिचान नै बहुजातीय, बहुभाषिक र बहुधार्मिक विविधतामा रहेको उल्लेख गर्दै उनले यस विशिष्ट गुणलाई गुम्न दिन नहुनेमा जोड दिएका छन् । ‘हामी नेपालीहरू नेपाल निर्माणको सुरुवाती समयदेखि नै परस्पर मिलिजुली, हाँसीखुसी एक अर्कामा माया– प्रिती गाँसी बसेका जातजाति हौं’, सन्देशमा भनिएको छ, ‘कोही कसैबाट यसमा खलल पार्ने काम हुनु हुँदैन ।’


 

6a6b2d9923fc9.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको