अर्थ संसार, काठमाडौं - बिहीबार शेयर बजार खुलेको केही घण्टाभित्रै कारोबार रोकिएपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले नेपाल स्टक एक्सचेन्ज (नेप्स) का पदाधिकारीहरुलाई बोलाएर छलफल गरेका छन् ।
छलफलमा बारम्बार शेयर बजारको अनलाइन प्रणाली आएको समस्यालाई दिर्घकालिन रुपमा समधान गर्ने उपाए खोज्न नेप्सेलाई बोर्डका अध्यक्ष ढुंगानाले निर्देशन दिएका छन् ।
‘अनलाइन प्रणालीको विषयमा नेप्सेसँगै छलफलमा २/४ दिन भित्र दिर्घकालिन समस्या समधानको उपाए खोज्नु भनेको छु ंअध्यक्ष ढुंगानाले अर्थ संसार डट कमलाई भने ‘पहिलो अधुरो अनलाईन प्राणाली राख्दा यस्तो समस्या अएको हो ।'
बिहीबार शेयर बजार खुलेको केही घण्टामा कारोबार बन्द भयो । टिएमएस (नेप्सको कारोबार व्यवस्थापन प्रणालीमा समस्या ) आएपछि शेयर कारोबार बन्द भएको थियो ।
यो समस्या बिहीबार मात्रको होइन । यस्तो समस्या बारम्बार नेप्सेमा आइरहन्छ । यस्तो लगानीकर्ताले शेयरबजारमा राम्रो शेयर कारोबार गर्न सकेका छैनन् । लगानीकर्ताले नेप्सेले खरिद गरेको अनलाइन प्रणालीमा बारम्बार आवाज समेत उठाउँदै अएका छन् ।
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस