Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको शेयर आजबाट बिक्रीका लागि खुल्ला !

अर्थसंसार

आइतबार, २८ भदौ २०७७, ०८ : १६ मा प्रकाशित

नागरिक लगानी कोषको  शेयर आजबाट बिक्रीका लागि  खुल्ला !

अर्थ संसार, काठमाडौँ - प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडकाे स्वामित्वमा रहेको नागरिक लगानी कोषकाे संस्थापक समूहकाे शेयरमा आज (भाद्र २८ गते, आइतबार) बाट बिक्रीका खुला लागि  भएको छ ।

प्रिमियर इन्स्योरेन्सले बाेलकबाेल प्रकृयाबाट बिक्री गर्न लागेकाे कोषको संस्थापक समूहकाे ५० हजार कित्ता शेयरहरू खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले प्रति कित्ता २ हजार ३ सय रुपैयाँमा नघट्ने गरि आजबाट आश्विन ४ गतेभित्र शिलबन्दी बाेलपत्र पेश गर्न सक्नेछन् ।

शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले शिलबन्दी बोलपत्रको माध्यमबाट बिक्रीका लागि छुट्याइएको शेयर खरिदका लागि आवेदन गर्ने योग्य आवेदनहरू कोषको असार २० गते सम्पन्न साधारणसभाबाट स्वीकृत भइसकेको हकप्रद शेयरमा आवेदन गर्न योग्य हुनेछन् । 

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

कम्पनीले जारी गरेको सूचना हेर्नुहोस्:-

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको