Like us!
Follow us!
Connect us!
Watch us!

वाेमी लघुवित्तको शेयर कारोबार रोक्का !

अर्थसंसार

आइतबार, २८ भदौ २०७७, १३ : ३६ मा प्रकाशित

वाेमी लघुवित्तको शेयर कारोबार रोक्का !

अर्थ संसार, काठमाडौँ - वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने भएकाे छ ।

संस्थाकाे भदौ २६ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकको निर्णयअनुसार यस वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेड बीच गाभ्ने/गाभिने कार्य गर्ने प्रयाेजनका लागि सम्झौतापत्रमा सम्बन्धमा हस्ताक्षर भएकाे थियो ।

मर्जरमा जाने सम्झौता भएसँगै नेपाल स्टक एक्सचेञ्जले लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ।

बैंक तथा  वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयर काराेबार राेक्का गरिएकाे छ ।

आज (भदौ २८ गते, आइतबार) बाट संस्थाको शेयर कारोबार रोक्का गरिएको हो ।

नेप्सेले जारी गरेकाे सूचना हेर्नुहोस् :

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको