Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार लगानी गर्दै हुनुहुन्छ ? लगानी गर्न अघि यि कुराहरु ध्यान दिऔं (भिडियोसहित)

अर्थ संसार

आइतबार, २८ भदौ २०७७, १८ : २० मा प्रकाशित

शेयर बजार लगानी गर्दै हुनुहुन्छ ? लगानी गर्न अघि यि कुराहरु ध्यान दिऔं (भिडियोसहित)

अर्थ संसार, काठमाडौं– धितोपत्रको सार्वजनिक निष्कासन हुँदा धितोपत्र खरिद गर्न चाहने लगानीकर्ताले सम्बन्धित संगठित संस्थाको विवरणपत्रका साथै प्रबन्धपत्र र नियमावली हेरी सम्बन्धित कम्पनीको व्यवसायको प्रकृति, आर्थिक विवरण, जोखिम पक्ष, संस्थापक सञ्चालक सम्बन्धी विवरण जस्ता कुराहरुको अध्ययन तथा विश्लेषण गरी लगानी सम्बन्धी निर्णय गर्नु उपयुक्त हुन्छ ।

दोस्रो बजारमा धितोपत्र किनबेच गर्दा जोखिम, प्रतिफल तथा भविष्यको संभावना सम्बन्धी पूर्ण ज्ञान र पूर्ण होशियारी साथ गर्नुपर्दछ । धितोपत्र बजारमा सूचीकृत धितोपत्रहरु खरिद गर्न चाहने लगानीकर्ताले सम्बन्धित संगठित संस्थाको कार्य सम्पादन, आर्थिक विवरण तथा वार्षिक प्रतिवेदन, संस्थापक सञ्चालकको विगतको कार्य सम्पादन, संगठित संस्थाहरु द्वारा समयसमयमा प्रवाह गरिने सूचना ।

स्टक एक्सचेन्ज मार्फत सार्वजनिक हुने मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचना समेत हेरी लगानी सम्बन्धमा निर्णय गर्नु बढी सुरक्षित हुन्छ । लगानीकर्ताले आफूलाई विश्वास लागेको धितोपत्र दलाल वा वित्तीय विशेषज्ञसँग आवश्यक जानकारीहरु लिएर धितापत्रको खरिद बिक्री सम्बन्धी निर्णय गर्नु बढी उपयुक्त हुन्छ ।

स्टक एक्सचेन्जमा बजार माग र आपूर्तिले निर्धारण गरेको मूल्यमा धितोपत्रहरुको कारोबार हुन्छ । स्टक एक्सचेन्जमा सेयर कारोबार सदस्य दलाल मार्फत हुन्छन् । धितोपत्र किनबेच गर्नेले दलाललाई कमिसन तिर्नुपर्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको