अर्थ संसार, काठमाडौँ - सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले क्लोजबुक आफ्ना लगानीकर्तालाई साउन २५ गतेबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे शतप्रतिशत हकप्रद शेयर भर्न १ दिन मात्र बाँकी छ ।
हकप्रद शेयर खरिदका लागि आज (भदौ २९) गतेसम्म मात्र दरखास्त बुझाउन सकिनेछ ।
लघुवित्तले एक सूचना जारी गर्दै दरखास्त बुझाउन बाँकी रहेका शेयरधनिहरुलाई बैंकिङ समयसम्म हकप्रद शेयर खरिदका दरखास्त दिन अनुरोध गरेको छ ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको एक बराबर एकको (१:१) अनुपातमा प्रति शेयर १०० रूपैयाँ अंकित दरकाे ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद शेयर कित्ता हकप्रद शेयर निष्कासन गरेकाे हाे ।
ल
घुवित्तले हकप्रद शेयर निष्कासन प्रयाेजनकाे लागि असार १५ गते, साेमबार एक दिनकाे लागि शेयरधनी बुक क्लोज गरेकाे थियाे । जसकारण असार १४ गते आइतबारसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् ।
कम्पनीकाे हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले गर्नेछ ।
संस्थाले जारी गरेको सूचना हेर्नुहोस्:-
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस